April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

झापामा आगलागी, बाख्रा र कुखुरा जलेर मरे

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १0:३९
झापामा आगलागी, बाख्रा र कुखुरा जलेर मरे

झापाको छुट्टाछुट्टै दुई स्थानमा आगलागी भएको छ । आगलागीबाट बाख्रा र कुखुरासहित लाखौँको क्षति भएको छ । आइतबार साँझ ६ः५० बजेको समयमा बाह्रदशी ७ डाँगीवारिमा विजय राजवंशीको टिनको छानो टाटीबेराले बनेको भान्सा घर र बाख्राको गोठमा अचानक आगलागी भएको हो ।

आगलागीबाट भान्सा कोठामा रहेको अन्नपात ,लत्ताकपडा ,भाँडावर्तन , गोठ र गोठमा रहेको ७ वटा बाख्रामध्ये २ वटा जलेर मर्दा अन्दाजी डेढ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट टोली खटिगई स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ ७ः४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै आइतबार साँझ नै ५ः१० बजेको समयमा गौरादह ४ धरधरे बस्ने सोमबहादुर श्रेष्ठले सञ्चालन गरेको टिनको छानो र तारको जाली लगाएको बोईलर कुखुरा फर्ममा बिद्युत् सर्ट भई अचानक आगलागी भएको छ ।

आगलागीबाट फर्म, फर्मभित्र रहेको कुखुराको दाना, ७०० थान ३२ दिने कुखुरा समेत जलेर नष्ट हुँदा अन्दाजी १० दश लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । उक्त आगो प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ५ः४५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

  • साझा परिवेश
  • सोमवार, माघ १५, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।