

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्छ एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको कोइरालाको आरोप बुटवल ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव […]
उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ निर्वाचन प्रणालीले पनि विकृति ल्यायो पालिका र वडाबाटै टिकट वितरण गरेमा पार्टी बलियो बन्छ बुटवल ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित […]
एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने पार्टी बलियो भए मात्र हामी सबै सबल हुन सक्छौं कांग्रेसलाई बलियो बनाउने संकल्प गरौँ रुपन्देही ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता–कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् । कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलन बुटवलमा उद्घाटन […]
नेपाली कांग्रेसद्वारा खाँणलाई सम्मान तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जाने काठमाडौं ।। पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा जाँदा समेत निलम्बन नगरेको नेपाली कांग्रेसले उनलाई सम्मान गर्न थालेको छ । कांग्रेसको लुम्बिनी प्रदेश समितिको प्रदेश सम्मेलन बुटबलमा सुरु भएको छ, जहाँ खाँणलाई सम्मान गरिएको छ । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका […]
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ । महासंघले आज ८०० रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको जानकारी दिएको हो । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख […]
सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्न दिनु हुन्न समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह सभापति देउवा ५/५ पटक प्रधानमन्त्री बनिसकेकाले अब त्यो दिन नआओस् काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले अब प्रधानमन्त्री बन्न नहुने बताएका छन् । सभापति देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह […]
दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरे काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन […]
राप्रपाको केन्द्रीय समिति बैठक बस्ने कार्यकर्ता भेला गरी बैठक समापन हुने रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र […]
जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै समिति सभापति टुङ्गो लगाउने अनुमान दिउँसो १ बजे मुख्यमन्त्री कार्यालय हेटौंडामा बस्ने काठमाडौं ।। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति […]
झापा । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उनले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिएकी थिइन् । दैनिक ज्याला–मजदुरी गरेर जीविका चलाउँदै आएको उनको परिवारमा लत्ताकपडा र खाद्यान्नको जोहो नभएकाले तिम्ल्याहा सन्तानलाई चिसोबाट जोगाउँदै स्याहार्न समस्या भएको हो । सुत्केरी ताजपुरियाका पति गाउँघरमा मजदुरी गर्छन्। […]
बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु खेल्न गएका स्थानीय ६ जनालाई प्रहरीले नियन्त्रणमा चरिकोट ।। दोलखाको तामाकोशी गाउँपालिका–२ झुलेमा भरुवा बन्दुक पड्किएर छर्राले लाग्दा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २० वर्षीय सञ्जिव सार्की छन् । उनी आफैंले बोकेको भरुवा बन्दुकबाट अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो […]
मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिको मृत्यु शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखियो जनकपुरधाम ।। सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । घटनास्थलमै मृत्यु भएका अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियार थारुका अनुसार शनिबार साँझ करिब ७ बजेको […]