April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

कांग्रेस अब एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:0८
कांग्रेस अब एक्लै चुनाव लड्नुपर्छ : शेखर कोइराला
  • कांग्रेसले वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्छ 
  • एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह
  • बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको कोइरालाको आरोप

बुटवल ।।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस वडादेखि आम चुनावसम्म एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । पार्टीको प्रथम लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले एक्लै चुनाव लड्न अहिल्यैबाट तयारी थाल्न नेता कार्यकर्तालाई आग्रह गरे ।

‘एक्लै चुनाव लड्नुपर्छ भनेर स्थानीय चुनावदेखि नै मैले भन्दै आएको हो’, कोइरालाले भने, ‘अब आगामी चुनावमा वडादेखि संघसम्म कांग्रेस एक्लै चुनाव लड्न पर्छ,आजैदेखि तयारी सुरु गर्नुस् ।’ एक्लै चुनाव लड्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिंदै नेता कोइरालाले कांग्रेस एक ढिक्का भए कसैको सहारा लिनुनपर्ने बताए । २०८४ को चुनाव जित्न पार्टीको महाधिवेशन २०८२ भित्र सक्नुपर्ने कोइरालाको भनाइ छ ।

नेता कोइरालाले कांग्रेस परिवर्तन भएमात्र देश परिवर्तन हुने बताए । गौतमबुद्धको उदाहरण दिंदै कांग्रेस परिवर्तन हुन नेताहरुले त्याग गर्न सक्नुपर्ने र उग्र महत्वाकांक्षा र खराब आचरण त्याग्न जरुरी रहेको बताए । त्यागले मात्रै नयां नेपाल र नयाँ नेपाली कांग्रेस बन्ने कोइरालाको भनाइ छ । मुलुकमा भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै गरेको भन्दै कोइरालाले सुशासन र पारदर्शिता कायम नभएसम्म कांग्रेसले विश्राम लिन नहुने बताए ।

राजनीतिज्ञ, उद्योगी–व्यापारी, कर्मचारीको मिलेमतोमा देशमा भ्रष्टाचार मौलाएको नेता कोइरालाले दावी गरे । बैंक सञ्चालक र उद्योगी ब्यापारी एउटै घरानाका हुँदा नेपालको अर्थतन्त्र समस्यामा परेको र बैंक ब्याजदर चर्को भएको नेता कोइरालाले बताए । नेता कोइरालाले बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाए ।

‘८ प्रतिशतमा लिएको ब्याज ४ वर्षपछि १६ प्रतिशत पुगेको हुन्छ, साना किसानलाई ५–७ लाखका दरले दिनुपर्ने कृषिको सहुलियत कर्जा ठूला ब्यापारीलाई अरबौं दिइएको छ’, उनले भने, ‘यो विषयलाई नेपाली कांग्रेसले ठीक ठाउँमा ल्याउनुपर्छ ।’ कृषि उत्पादन बढाउन सके मात्रै रोजगारी सिर्जना हुने र आत्मनिर्भर अर्थतन्त्र हुने भन्दै उनले युवा पलायन रोकेर स्वदेशमै ४०–५० हजार कमाउने वातावरण बनाउनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर १७, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।