

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
जनतावाट उठाएको करको पैसामा मोज गर्न हरिनगर गा.पा. सुनसरीको अध्यक्ष गफार मिया लगाएत केहि जनप्रतिनिधि र कर्मचारी टिम मोरङ्ग लेटाङ्गको एक हलमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम समापन गरेका छन् । सो कार्यक्रममा विहारकाे बस्मतियाका निवर्तमान मुखिया आएपछि !! केहि प्रश्नहरु उव्जिएका छन् ? के सुनसरी जिल्लामा कार्यक्रम गराउने वा गर्ने कुनै स्थान र हलहरु थिएन […]
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरको जलहरीमा लगाइएको आरोप रेकर्डबाट हटाउने सहमति भएको छ। शनिबार सिंहदरबारमा बसेको शीर्ष तीन दलका बैठकले प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीको संलग्नता नरहेको सदनलाई जानकारी गराउने सहमति भएको हो। एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डले ओलीको संलग्नता नरहेको बारे प्रष्ट्याउने पनि सहमति भएको छ। […]
तानसेन । तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रवार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गरेको हो । रोजगार मेलाका […]
मलेखु। धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो । विस्थापितले बुझाएको ज्ञापनपत्रमा लेखिएका केही बाध्य र प्रश्नले पनि विस्थापितको पीडा कतिसम्म रहेछ भन्नेकुरा बुझ्न सकिन्छ । विज्ञप्तिमा भनिएको छ, “हावाहुरी र पानी आउँदा ठूला […]
काठमाडौं । डेढ दशकलामो इतिहासमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । अर्को साता मलेसियासँग पाँच टी–२० खेलको शृंखला खेल्न लागेको नेपालको लक्ष्य सिधा उपाधिमा हुनेछ । सोमबारदेखि सुरु हुने शृंखलाका लागि नेपाल टिम आज शनिबार मलेसिया जाँदै छ । प्रशिक्षक सामसन जंग थापाले १४ सदस्यीय टिमको घोषणा गरिसकेका छन् […]
धनगढी । कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिए पनि कानून विषयकै शिक्षक पदपूर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापकविना अध्ययन […]
काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउनेबारे प्रमुख राजनैतिक दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ । सदन अवरोध हटाउनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्ण बहादुर खड्का […]
काठमाडौं । जनमत पार्टीले दुई सांसदलाई फिर्ता बोलाउने भएको छ। अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले मोरङकी सोनु मुर्मू र सिराहाकी विनिताकुमारी सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए। उनका अनुसार पार्टीले लिएको ‘राइट टु रिकल’को नीतिअनुसार उनीहरुलाई फिर्ता गर्ने निर्णय भएको हो। यो विषयमा अब बस्ने संसदीय दलको बैठकले निर्णय […]
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत थारु विद्रोहका नेतालाई राष्ट्रपतिबाट सजाय माफी दिन ढिलो गर्न नहुने बताएका छन्। शुक्रबार राति सामाजिक सञ्जालमा भट्टराईले चौधरीलगायतलाई माफी मिनाहा गर्न कुनै ‘किन्तु परन्तु’ गर्न नहुने बताएका हुन्। उनले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक जारी गर्न पनि बिलम्ब गर्न नहुने बताएका छन्। ‘रेशम चौधरी लगायतका टीकापुर […]
विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो । मोरङका प्रमुख […]
धनुषामा । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कु टपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो । अवैध उत्खनन्कर्ताको हमलाबाट एक जना प्रहरी जवानलाई चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश […]