अरुणा गुरुङ जिल्ला परिषद सदस्यमा चयन नेपाली समुदायबाट हङकङमा यो पदमा पुग्ने अरुणा पहिलो सरकारले ठूलो जिम्मेवारी दिएकोमा अरुणा खुशी सुनसरी ।। हङकङमा लामो समयदेखि समाज सेवामा सक्रिय अरुणा गुरुङ जिल्ला परिषद सदस्यमा चयन भएकी छिन् । हङकङ सरकारले मंगलबार याउचिम मोङ जिल्ला परिषद् सदस्यमा गुरुङलाई चयन गरेको हो । जातीय अल्पसंख्यकको प्रतिनिधित्व गर्दै नेपाली […]
पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा कविता प्रतियोगिता आयोजना ४० वर्ष पूरा नभएका व्यक्तिले मात्र प्रतिस्पर्धा गर्न पाउने कविताको मूल्यांकन ३ जना प्रतिष्ठित कविले गर्ने उनीहरुको नाम २७ पुसमा सार्वजनिक गरिने काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा कविता प्रतियोगिता आयोजना गरेको छ ।पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा […]
अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ अपरेसन अभियानमा ३२ जना प्रहरीको फन्दामा काठमाडौं ।। अध्यागमन विभागका अधिकृत नरवीर खड्का पक्राउ परेका छन् । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । खड्कासँगै वायु सेवा निगमका कर्मचारी अविन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । […]
अधिकृत पदका लागि विज्ञापन प्रकाशित मानवअधिकार सेवाका लागि २ जनाको बढुवा हुने प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन माग्यो २४ पुससम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने काठमाडौं ।। लोकसेवा आयोगले एकैपटक ३८१ अधिकृत (अप्राविधिक) पदका को लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगले बुधबार जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी […]
बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी (बस स्टप) निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज […]
विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गर्यो विवरणमा कुलपति पदकबारे उल्लेख छैन सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत […]
अर्थतन्त्र सकारात्मक दिशामातर्फ जाँदै मौद्रिक नीतिमा सहज गर्न समय लाग्यो मौद्रिक नीतिको समीक्षाले सकारात्मक प्रभाव काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले अर्थतन्त्र पहिलेभन्दा धेरै सुधार भएको दाबी गरेका हुन् । “मौद्रिक नीतिमा सहज गर्न केही समय लाग्यो । तर हामीले धेरै छलफलबाट मौद्रिक […]
आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भए बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव रहेको खुलाशा ४ हजार ४६० जनाले रोजगारी पाएका थिए पर्सा ।। आर्थिक मन्दीका कारण पर्सामा आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यायलका अनुसार आर्थिक वर्ष २०७९/८० मा १७७ उद्योगले लगत […]
प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि […]
पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरियो गौतमले राजीनामा दिएपछि पाण्डेको नाम सिफारिस सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था काठमाडौं ।। सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेका छन् । सभामुख घिमिरेलाई पाण्डेलाई कार्यवाहक महासचिव नियुक्ति गरेको संघीय संसदका प्रवक्ता टेकराज गिरीले जानकारी दिए । संघीय संसदका महासचिव भरतराज […]
आठ वर्ष अघि पक्की पुल निर्माण सुरु गरिएकोमा… मापदण्ड विपरीत निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरियो आजसम्म पुलको कामले गति लिएको छैन कञ्चनपुर ।। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र […]
रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित बढी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने वीरगन्ज ।। पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी बढेका हुन् । वीरगञ्जस्थित […]