April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १२:३३
त्रिविको पदक पाउने विद्यार्थीको नामावली सार्वजनिक
  • विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गर्यो 
  • विवरणमा कुलपति पदकबारे उल्लेख छैन
  • सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि कुलपति पदक वितरण बन्द गरेको छ । त्रिविको दीक्षान्त समारोहमा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई कुलपति पदक प्रदान गरिन्थ्यो । त्रिविले बुधबार सार्वजनिक गरेको पुरस्कृत हुनेहरुको विवरणमा कुलपति पदकबारे उल्लेख छैन ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले लेटर ग्रेडिङ पद्दती (जीपीए) अनुसारको पद्धती लागु भएकाले प्राप्ताङ्कको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धती नभएकाले कुलपति पदक वितरण स्थगित गरिएको बताए । २०१६ सालदेखि गत वर्ष ४८ औं दीक्षान्त समारोहसम्म कुलपति पदक वितरण हुँदै आएको थियो । कुलपति पदकमा १० आनासम्म सुन जडित हुन्छ ।

यसअघि गत असार ९ गते बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय परिषदको बैठकले कुलपति पदक वितरण नगर्न प्राज्ञिक परिषदलाई सिफारिस गरेको थियो । सो सिफारिस अनुसार त्रिवि प्राज्ञिक परिषदले यसै वर्षदेखि लागू हुने गरी कुलपति पदक वितरण स्थगित गर्ने निर्णय गरेको थियो ।

त्रिविको ४९औं दीक्षान्त समारोह आगामी पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ । दीक्षान्त समारोहमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई २७ वटा पुरस्कार वितरण गरिँदै छ । ती विद्यार्थीहरुको नामावली सार्वजनिक गर्दै त्रिविले त्यसमा कुनै दाबी विरोध भए मंसिर २९ गतेभित्र गरिसक्न भनेको छ ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदकबाट किशोर कुमार गौतम पुरस्कृत हुने भएका छन् । उनले व्यवस्थापन संकाय अन्तर्गत एमफिल तहमा ४ जीपीएसहित सर्वोत्कृष्ट अंक प्राप्त गरेको त्रिविले जनाएको छ । यसैगरी इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदकबाट एमबीए तहमा सर्वोत्कृष्ट अंक प्राप्त लक्ष्मी भट्टराई सम्मानित हुने त्रिविले सार्वजनिक गरेको नामावलीमा उल्लेख छ ।

कपिल पौडेललाई तीन पदक

एम अर्थशास्त्रमा प्रथम भएका कपिल पौडेलले तारापद चौधरी र खगेन्द्रमान सिंह प्रधान पदक पाउने छन् । उनले चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि पाउने छन् । एमए अंग्रेजी साहित्यमा प्रथम भएकी सारा महर्जनले नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक पाउनेछिन् । सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार बालकुमारी कलेज चितवनकी ममता सापकोटाले पाउनेछिन् ।

उनी एमबीएस परीक्षामा प्रथम भएकी छन् ।हिमांशु दाहाल स्मृति नगद पुरस्कार र सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शर्मिला रिजालले पाउने छिन् । उनी एमएड तहमा गणित विषयमा प्रथम भएकी छन् । अभिनव आचार्यले ललित चन्द पुरस्कार र बडाकाजी मरिचमान सिंह पदक पाउने छन् । उनी एमए राजनीतिशास्त्रमा सवएप्रथम भएका छन् । एमए पत्रकारिता तथा आमसञ्चार विषयमा प्रथम भएकी रत्नराज्य क्याम्पस (आरआर) की बिजीशा बुढाथोकीले नाराण शान्ति मिश्र पदक पाउने त्रिविले जनाएको छ ।

 

 

 

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर २७, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।