पोखरा । यती एयरको विमान दुर्घटनामा निधन भएका पोखरा १३ का सदाकत अलिमियाको शव परिवारले बुझेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी मेडिकल कलेजमा पोस्टमार्टम गरेपछि उनको शव परिवारलाई बुझाइएको हो । पोखरामा व्यापार व्यवसाय गर्दै आएका सदाकत सानिमालाई काठमाडौंमा पुर्याएर फर्कने क्रममा दुर्घटनामा परेका थिए । २६ वर्षीय उनको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार […]
हिजो (आइतबार) बिहान पोखरामा दुर्घटनामा परेको यती एयरको विमानको ब्ल्याक बक्स फेला परेको छ । दुर्घटनास्थलमा भर्खरै ब्ल्याकबक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले पुष्टि गरेका छन् । बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । विमान दुर्घटनाबारे जानकारी थाहा पाउने उपकरणलाई ‘ब्ल्याक बक्स’ भनिन्छ । यसमा […]
काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित चोभारमा सोमबार साँझ एक कार सडकबाट खसेको छ। प्रहरीका अनुसार चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दुर्घटनाबारे पुष्टि गरे। अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट उद्धारको टोली खटिएको छ। कारमा कति जना सवार थिए भन्ने […]
काठमाडौँ। नेपालका पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले देशको पर्यटकीय राजधानी पोखरामा भएको विमान दुर्घटनाले नेपालको हवाई र पर्यटन क्षेत्रलाई ठूलो धक्का लागेको बताएको छ। टानका महासचिव विनोद सापकोटाले एक विज्ञप्ति जारी गरी माघ १ गते आइतबार बिहान १०ः३२ बजे काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर-७२ ५०० विमान पोखरा […]
पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ। सोमबार अपरान्ह ३ बजे सेती नदीबाट एक जनाको शव फेला निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बलको गोताखोरले पानीबाट शव निकालिएको हो। अहिले उक्त शवलाई पनि गण्डकी अस्पताल लैजाने तयारी गरिरहेको डिएसपी थापाले बताए। अहिलेसम्म अस्पतालमा ६८ […]
काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि सत्ता साझेदार दलको बैठक आब्हान गरिएको छ । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने तयारी गरिरहेको बेला सत्ता साझेदार दलहरुको संयुक्त बैठक बस्न लागेको बालुवाटार स्रोतले जानकारी दियो । बालुवाटारस्थित प्रधानमन्त्री […]
काठमाडौं : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको उद्धारकार्य आज बिहानदेखि पुनः शुरु भएको छ । बिहान करिब साढे ६ बजदेखि नै उद्धारकार्य थालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए । उनका अनुसार विमान निकै साँघुरो खोचमा खसेकाले उद्धारकार्यमा समस्या भएको छ । आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि […]
पोखरामा आज (आइतबार) बिहान भएको विमान दुर्घटनामा एक जना पत्रकार समेत परेका छन् । दुर्घटनामा पर्नेमा पत्रकार त्रिभुवन पौडेल रहेका छन् । उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता हुन् । दुई दशकदेखि पत्रकारितामा संलग्न पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका छन् भने पत्रकार महासंघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत हुन् […]
पोखरामा आज बिहान दुर्घटनामा भएको यति एयरको विमानमा लोकगायिका निरा छन्त्याल पनि रहेको खुलेको छ । ६८ जना यात्रुमध्ये गायिका छन्त्याल पनि सोही विमानमा माघी पर्व मनाउको लागि पोखरा गएकी थिइन् । यति एयरलाइन्सले उपलव्ध गराएको यात्रुहरूको नामावलीमा उनको नामपनि समावेश छ । गायिका निराले हिजो फेसबुकमा आफू पोखरा जान लागेको समेत जानकारी गराएकी थिइन्। […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रभावकारी उद्धारका लागि निर्देशन समेत दिएका छन् । ‘दुर्घटनाप्रति प्रचण्डले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ’ प्रचण्डको सचिवालयले भनेको छ ।
पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा लागेको आगो नियन्त्रणमा आएको छ। आइतबार बिहान १०:३३ मिनेटमा काठमाडौंबाट उडेको एटिआर ७२ विमान पोखरा महानगरपालिका-१५ नयाँ गाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज ११ बजे दुर्घटनामा परेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए। दुर्घटनापछि जहाजमा लागेको आगो नियन्त्रणमा लिइसकेको उनले बताए। यस्तै […]
आज विहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले […]