March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
घुस लिएको भिडियो फेला परेपछि पर्साका सहायक वन अधिकृत यादव निलम्वित क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण

दुर्घटनामा परेको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

  • साझा परिवेश
  • सोमवार, माघ २, २०७९ १७:३६
दुर्घटनामा परेको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

हिजो (आइतबार) बिहान पोखरामा दुर्घटनामा परेको यती एयरको विमानको ब्ल्याक बक्स फेला परेको छ ।

दुर्घटनास्थलमा भर्खरै ब्ल्याकबक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले पुष्टि गरेका छन् । बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ ।

विमान दुर्घटनाबारे जानकारी थाहा पाउने उपकरणलाई ‘ब्ल्याक बक्स’ भनिन्छ । यसमा इन्जिनको आवाज, आपतकालीन अर्लामको आवाज, क्याबिनको आवाज अनि ककपिटको आवाज रेकर्ड हुन्छ ।

यो बक्स एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन । ब्ल्याक बक्स जुनसुकै अवस्थामा पनि सुरक्षित रहन्छ, जसले जहाज दुर्घटनाको बेला के कस्ता आवाज आए भन्ने कुरा रेकर्ड राख्छ ।

आइतबार बिहान भएको विमान दुर्घटनामा मृत्यु भएका ६९ जनाको शव फेला परेको छ । ४ जना चालक दलका सदस्यसहित ७२ यात्रु लिएर काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो ।

  • साझा परिवेश
  • सोमवार, माघ २, २०७९ १७:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।