चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने विश्व बैंकको प्रतिवेदनले आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक […]
म्याग्दीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब तीन सय सेयर सदस्यले बचत गरेको चार करोड ६१ लाख रुपैयाँ रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो। बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी सात महिनादेखि बन्द छ । सहकारी […]
एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले राजधानी कीभमा जारी विदेशमन्त्री स्तरीय बैठकले यूरोपेली युनियनको भविष्यको सीमा निर्धारण गर्ने बताएका छन् । कुलेबाले यूरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सम्बोधन गरेका हुन् । रूससँग युद्धरत युक्रेनमा यूरोपेली संघको पहिलो बैठक बसेको हो । त्यसैले उनले जारी बैठकलाई यूरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी संज्ञा दिएका हुन् । […]
काठमाण्डाै – अर्थ समितिले समितिको कार्यविधि २०८० स्वीकृत गरेकाे छ । आज शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिकाे बैठक ले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो । बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थ समिति सञ्चालन कार्यविधि २०८० सर्वसम्मतिले पारित भएको बताउनुभयो । उहाँले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक शुरु हुन […]
काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । केही दिनयता सुनको भाउ लगातार घटिरहेको छ । हिजो सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँले घटेको थियो । आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]
नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी काठमाडौँ / नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव डण्डुराज घिमिरेले जानकारी दिए । […]
काठमाडौँ । नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ९ करोड ८६ लाख ९६ हजार रुपैयाँ पुगेको हो । उक्त ऋणमध्ये ११ खर्ब ४० अर्ब ५३ करोड ३ लाख रुपैयाँ आन्तरिक ऋण रहेको छ भने […]
तुलसीपुर (दाङ) : लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दसैं खर्च उपलब्ध गराएको छ। मंगलबार दसैं खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दसैं खर्च उपलब्ध गराइएको हो। अर्थमन्त्री धनबहादुर मास्कीले दसैं खर्च वापत रु २५ हजार उपलब्ध गराएका हुन्। सुर्खेतबाट आएका राउटेका मुखिया विर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको […]
काठमाडौँ / नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा गरेकाे बताएका छन् । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन […]
काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउमा आज वृद्धि भएको हो । आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको भाउ १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज […]
काठमाडौँ– मीड सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । मीड सोलुले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो । तर, सर्वसाधारणलाई […]
विराटनगर । भन्सार कार्यालय विराटनगरबाट फागुनमा साल धूप, गोकुल धूप र लाहा चपडा मात्रै ३१८ मेट्रिक टन भित्रिएको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यको ३७ दशमलव २१ प्रतिशतमात्रै प्रगति गरेको भन्सार कार्यालयबाट धूप आयात भने उल्लेख्य भएको हो । फागुनसम्म धेरै आयात हुने २० वस्तुमध्ये साल धूप, गोकुल धूप र […]