May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता शेखर कोइराला र गगन थापाबीच भेटघाट मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिने विश्वकपमा इतिहासकै कान्छा कप्तान, रोहितकुमार पौडेलले नयाँ कीर्तिमान थप्दै जसपा नेपालले आजै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने

यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:२९
यो वर्ष नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण

 

काठमाण्डाै – विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि तीन दशमलव नाै प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने विश्व बैंकको प्रतिवेदनले आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्रको पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने जनाएको हो ।

सरकारले भने यो आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गएकाे आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि एक दशमलव नाै प्रतिशत मात्रै भएको थियो । विश्व बैंकले आउँदो वर्ष भने नेपालको आर्थिक वृद्धि पाँच प्रतिशतमा पुग्ने अनुमान गरेको छ । तर नेपालमा मनसुनका कारण कृषि उत्पादन घट्नसक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुनसक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिनसक्ने जोखिम पनि रहेको विश्व बैंकले जनाएको छ ।

यस्तै यस वर्ष मूल्यवृद्धि बढ्ने विश्व बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशत मूल्यवृद्धि हुने जनाए पनि विश्व बैंकले भने साढे सात प्रतिशत मूल्यवृद्धिको प्रक्षेपण गरेको छ ।

यो वर्षको दक्षिण एसियाको आर्थिक वृद्धि पाँच दशमलव आठ प्रतिशत हुने र विश्वका अरू क्षेत्रको तुलनामा दक्षिण एसिया केही सहज अवस्थामा रहेको रिपोर्टमा उल्लेख छ । दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको छ दशमलव तीन प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज १६, २०८० १४:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट