दाङ । दाङमा एक जनाको हत्या भएको छ । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् । बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए […]
वीरगञ्ज । घर बनाउन बोलाएर अपहरण गरी फिरौतीको लागि चार लाख माग्ने दुई जना रौतहटबाट पक्राउ परेका छन्। प्रहरीले अपहरण गरि फिरौती माग्ने रौतहट राजदेवी नगरपालिका– ६ मोहनपुर बस्ने २१ ब्र्षिय राजा भन्ने राजाबाबु पटेल र दीपेश भन्ने मन्त्रीबाबु रायलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुले परोहा नगरपालिका–३ तेजापाकड वस्ने ३० बर्षिय राज कुमार महतो […]
जाजरकोट । प्रहरीले जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । वैशाख ७ बाट प्रहरीले जाजरकोटको विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ । नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले नलगाढ नगरपालिका–३ चाउलेचौर, दारेलेख, […]
दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन् । आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी हुन् । ‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’ उनले भनिन्, ‘त्यसपछि […]
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको […]
दुल्लु। दैलेख–सुर्खेत सडक छेउछाउ यति बेला काफल मेला लाग्ने गरेको छ। चैत, वैशाख महिनामा यस सडक वरपरका रातानाङ्ला, रानीमत्ता, गुराँसे, गाईबान्ना, डबलगैरा, घोडाबास आसपासका घुम्तीमा काफल मेला लाग्छ। सडक छेउमा लाम लागेर बालबालिका, युवा र पाका उमेरका मानिस काफल बेच्न व्यस्त हुन्छन्, ‘लु लानूस् काफल काफल।’ यो मौसममा काफल बेचेर कतिपयले राम्रै आम्दानी पनि गरेको […]
महोत्तरी । ‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ नाराका साथ जिल्लाका सदरमुकाम जलेश्वरको विभिन्न ठाउँमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ। जलेश्वर नगरपालिकाको सहयोगमा राष्ट्रिय युवा गैरसरकारी संस्था महासङ्घ नेपालले नगरको खैरा चोक, महेन्द्र चोक, लक्ष्मीचण्डी मुरारका मावि, पासवान टोललगायतका आधा दर्जनभन्दा बढी ठाउँमा बालविवाह न्यूनीकरणमा टेवा पुग्ने उद्देश्यसहित सडक नाटक […]
म्याग्दी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा थालिएको छ । अन्नपूर्ण, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाले रोजगार शाखाबाट श्रम स्वीकृति लिने र पुनः स्वीकृतिका […]
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिएका छन् । विहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम […]
जनकपुरधाम । महोत्तरीमा ससुरालीमै ज्वाइँको हत्या प्रयास भएको छ ।महोत्तरीको सोनमा गाउँपालिका-४ का २८ वर्षीय सन्तोष झाको हत्या प्रयास भएको घटना बाहिरिएको हो । घटना गत चैत २२ गतेको हो । सोनामा गाउँपालिका वडा नं. १ स्थित ससुराली घरमा सन्तोषलाई बोलाइएको थियो । दिउँसो पुगेपछि ससुरा हिरण ठाकुर, सासू नगिना ठाकुर, सालो धर्मेन्द्र ठाकुर, ससुरा […]
फुङ्लिङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष […]
विराटनगर । भारतीय गाडीमा राखेर सीमातर्फ लैजाँदै गरेको अवस्थामा विराटनगरबाट १२० केजी गाँजासहित स्कारपियो पक्राउ परेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३ हेडक्वाटर कंकालिनी मोरङको टोलिले बुधबार बिहान २ बजे विराटनगर–१ नोबेल डेरी चौकबाट नियन्त्रणमा लिइएको हो । इटहरीबाट विराटनगर आईरहेको बीआर–११भी७६४५ नम्बरको सेतो–कालो गाडीलाई टंकीसिनवारी चौकमा रोक्न खोजिएको थियो । सशस्त्र प्रहरी बलले […]