May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

प्रश्नपत्र बाहिरिएको गुनासो

प्रश्नपत्र बाहिरिएको गुनासो

बोदेबरसाइन । सप्तरीमा सामुदायिक विद्यालयले सञ्चालन गरेको परीक्षाको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको छ । चैत ६ देखि कक्षा ८ बाहेक १ देखि ९ सम्मको परीक्षा सञ्चालन भइरहेको छ । राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कक्षाकी प्रथम छात्रा नेहाकुमारी झाले सोमबार र मङ्गलबार अङ्ग्रेजी र नेपाली विषयको परीक्षा दिनुभयो तर […]

  • २ years अगाडि
मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ

मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् । उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए । पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् । सिन्धुपाल्चोकको […]

  • २ years अगाडि
मर्स्याङ्दी दोहनको बल्ल अनुगमन

मर्स्याङ्दी दोहनको बल्ल अनुगमन

गोरखा : मर्स्याङ्दीको मूल प्रवाहभित्रबाट नदीजन्य सामग्री उत्खनन गरेको विषयमा समाचार प्रकाशन भएपछि जिल्ला अनुगमन समितिले बुधबार सो क्षेत्रको अनुगमन गरेको छ। अनुगमनपछि समितिले न्यूनतम आधारभूत मापदण्ड पनि पालना नगरी दोहन गरेको निष्कर्ष निकालेको छ। ‘शाहघाटमा अहिलेसम्म कति उत्खनन गरेरु संकलन कति भयोरु घाटगड्डी कहाँ होरु भन्ने नै निर्माण कम्पनीले देखाउन सकेनन्’ जिल्ला समन्वय अधिकारी […]

  • २ years अगाडि
घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ

घुस लिँदालिँदै वडा अध्यक्ष र वडा सचिव पक्राउ

धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुस लिँदालिँदै पक्राउ गरेको हो । कानुनसम्मत गर्नुपर्ने कामका लागि पनि सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला […]

  • २ years अगाडि
कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादीको आनाकानी

कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादीको आनाकानी

विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । सत्ता गठबन्धन भित्र भागबण्डाको मोडालिटी तयार नभएसम्म हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी नेताहरुले बताएका छन् । एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री छन् । माओवादी केन्द्र कोशी प्रदेश संसदीय […]

  • २ years अगाडि
खडेरीपछिको हिमपातले किसान खुसी

खडेरीपछिको हिमपातले किसान खुसी

सिमकोट । डेढ महिनापछिको हिमपातले हिमाली जिल्ला हुम्लाका किसानहरु खुसी भएका छन्। खडेरीका कारण सुक्न लागेको जेठासी बाली सुक्न नपाउने र कात्तिके बाली लगाउन सहज हुने भएपछि हिमपातबाट किसान खुसी भएका हुन्। स्याउ फारमका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपातले किसानका लागि राहत मिलेको बताए। लामो समय खडेरी परेको कारण […]

  • २ years अगाडि
सिमेन्ट उद्योगका कारण बस्तीमा असर परेको भन्दै ज्ञापनपत्र

सिमेन्ट उद्योगका कारण बस्तीमा असर परेको भन्दै ज्ञापनपत्र

दाङ । दाङमा सम्राट सिमेन्ट उद्योगका कारण बस्ती विस्थापित हुने अवस्थामा पुगेको भन्दै प्रदुषण नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराइएको छ। लमही नगरपालिका वडा नं. ७ स्थित उद्योग छेउछाउका नागरिकले जीवनरक्षाको माग राख्दै स्थानीय सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन्। ‘उद्योगबाट निस्किएको धुलो, धुवाँ र आवाजका कारण हामीलाई समस्या पर्‍यो,’ स्थानीय कुमोद देवकोटाले भने, ‘उद्योगसँग […]

  • २ years अगाडि
शिवम लेयर्स फार्मको दुर्गन्धले पर्साको पाँच बस्तीका जनता मारमा

शिवम लेयर्स फार्मको दुर्गन्धले पर्साको पाँच बस्तीका जनता मारमा

वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स फार्म प्रा.लि.को कारण हजारौं परिवार महामारीको शिकार बनेका छन् । कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको शिकार बनेका हुन् । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित शिवम् लेयर्स […]

  • २ years अगाडि
इनरुवाका मेयरले सरकारको निर्देशन र नगरसभाको निर्णयलाई लत्याउदै धमाधम मनपरी बजेट खर्च गर्दै

इनरुवाका मेयरले सरकारको निर्देशन र नगरसभाको निर्णयलाई लत्याउदै धमाधम मनपरी बजेट खर्च गर्दै

इनरुवा । इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले नेपाल सरकारको निर्देशन र दशौ नगरसभाको निर्णय विपरित कानुन मिच्दै मनपरी ढंगले बजेट खर्च गरेको फेला परेको छ। इनरुवा नगरपालिकालाई नेपाल सरकार अर्थ मन्त्रालय र संद्यिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७९ माघ १७ गते फजुल खर्च कटौती गर्न दिएको निर्देशन र २०७९ माघ २७ गतेको नगरसभाको निर्णय […]

  • २ years अगाडि
तिब्बतीलाई नागरिकता बनाएको आरोपमा सुन्दरहरैंचाका एकसहित पाँचजना पक्राउ

तिब्बतीलाई नागरिकता बनाएको आरोपमा सुन्दरहरैंचाका एकसहित पाँचजना पक्राउ

विराटनगर। नेपाली नागरिकता तिब्बती शरणार्थीलाई दिएको आरोपमा मोरङ सुन्दरहरैंचाका एकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहल काठमाण्डौंका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामालाई पक्राउ गरेको हो । उनीहरुलाई गत चैत ५ गते बबरमहलबाट पक्राउ गरिएको थियो । उनीहरुको […]

  • २ years अगाडि
कांग्रेस सांसद नगएपछि बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा

कांग्रेस सांसद नगएपछि बागमतीका मुख्यमन्त्री अप्ठ्यारोमा

काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा जातीय भेदभाव, छुवाछुत, बलात्कार, हत्या, दमन, शोषणजस्ता उत्पीडनविरुद्धको संकल्प प्रस्तावमा छलफल सुरु भएको छ । बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा संकल्प प्रस्तावमाथि अहिले छलफल जारी छ । सांसद भुवनबहादुर सुनार प्रस्तावक रहेको संकल्प प्रस्तावकको समर्थनमा सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, सिंहबहादुर विश्वकर्मा, जगतबहादर […]

  • २ years अगाडि
सीतापुरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सीतापुरीमा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । पूर्वतर्फ गइरहेको मे१ज १९४२ नंको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]

  • २ years अगाडि

लोकप्रिय