sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खडेरीपछिको हिमपातले किसान खुसी

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:१७
खडेरीपछिको हिमपातले किसान खुसी

सिमकोट । डेढ महिनापछिको हिमपातले हिमाली जिल्ला हुम्लाका किसानहरु खुसी भएका छन्। खडेरीका कारण सुक्न लागेको जेठासी बाली सुक्न नपाउने र कात्तिके बाली लगाउन सहज हुने भएपछि हिमपातबाट किसान खुसी भएका हुन्।

स्याउ फारमका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपातले किसानका लागि राहत मिलेको बताए। लामो समय खडेरी परेको कारण लगाएका बिरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब बिरुवा हुर्काउन सहज हुनेछ।

किसान टक्क शाहीले कात्तिके बाली लगाउन कठिन भइरहेकोवेला परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको बताए। किसानहरु खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा परिरहेको बेला हिमपातले ठूलो राहत पर्‍याएको छ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हिमपात सुुरु भएको जानकारी दिए ।

दिउँसोबाट हिउँ जम्न थालेको र हिउँ पर्ने क्रम जारी रहेकोले चिसोबाट जोगिन प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सर्वसाधारणलाई आग्रह गरेका छन्।

गाउँपालिकाको छोबाखोर पञ्चमुखी, लब्लीडाँडा, रलिङगुम्बा, चाङ्ला हिमाल र नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेक, यारी, मुचु, चाला, न्यालु लेकमा बढी हिमपात भएको छ। यसवर्षको यो तेस्रो हिमपात हो।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १६:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid