बिराटनगर । पूर्वका उद्योगी व्यवसायी संघ संगठनहरूले ‘कोशी’ प्रदेश नामकरणको स्वागत गरेका छन् । कोशी प्रदेश नामाकरणविरुद्ध पहिचानको नाममा आन्दोलन भईरहेको बेला मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशको कोशी नामाकरणको स्वागत गरेका हुन् । संघका अध्यक्ष नवीन रिजाल, परिसंघ प्रदेश अध्यक्ष भीम घिमिरे र […]
काठमाडौं । कोशी प्रदेश सरकार प्रदेश पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । त्यस्तै हिजोकै बैठकले कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृति गर्ने निर्णय पनि गरेको छ
मोरङ । विराटनगरको कन्चनबारी चोक नजिक मालवाहक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट बूढीगंगा गाँउपालिकातर्फ जाँदै गरेको ना.४ ख ८६७९ नम्बरको ट्रकले बिहान करिब सवा सात बजेतिर ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो । […]
काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रलाई कुटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको मोरङका एसपी दीपक पोखरेलले रातोपाटीलाई बताए । वैशाख ६ मा आरोपीहरु मिलेर ‘केटासँग बोलेको निहुँ’मा छात्रालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । […]
काठमाडौं । धरानमा खानेपानी आयोजनालाई रकम जुटाउन नगरप्रमुख हर्क साम्पाङले आयोजना गरेको च्यारिटी कन्सर्टमा २८ लाख रुपैयाँ संकलन भएको छ । ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नाम दिइएको कन्सर्टमा मंगलबार चर्चित राष्ट्रिय कलाकारले सांगीतक प्रस्तुति दिए । दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एण्ड द ब्याण्ड, द वाल्किङ क्लाउड ब्याण्ड, […]
बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले बार्षिक रुपमा बिद्यार्थीहरुलाई दिने (एएए) छात्रवृत्ति अन्तर्गत बिद्यार्थीको शैक्षिक, अनुशासन र कलेजमा सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरिएको हो। विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १००% कलेजको ट्यूशन शुल्क छुट गरिएको कलेजका बिजनेस […]
सुनसरी । कार्यपालिका बैठक बहिष्कार गरेर हैरान पारिरहेका वडाध्यक्षलाई लक्षित गर्दै धरानका प्रमुख हर्क साम्पाङले ‘गुइँठे’ शब्दले प्रहार गरेको धेरै भइसक्यो । त्यही कारण वडाध्यक्षहरुले साम्पाङलाई ‘धक्कुले’ उपमा दिएका छन् । धरानमा केही दिनयता ‘धक्कुले’ र ‘गुइँठे’ नामका पात्रबीच झैझगडा जारी छ । एकले अर्कोलाई अस्वीकार गर्दा धरानको विकास र समृद्धिमा बाधक त भइ नै […]
सुनसरी – इटहरीमा कोशी प्रदेशस्तरिय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद बिकास बोर्डको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संयोजनमा इटहरी रंगशाला सुरु प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको कोशी प्रदेशका सामाजिक बिकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्घघाटन गरे । प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका १२ सय खेलाडीको […]
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुनन्दन मेहतामाथि हातपात भएको छ । बर्जु गाउँपालिका–३ का पूर्व अध्यक्ष प्रदिप चौधरीसँग योजनाको विषयमा छलफल हुँदा प्रशासकिय अधिकृतसँग धकेलाधकेल भएको हो । गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले हात हालाहाल नभएर भनाभन भएकोले छलफल राखिएको बताए । उनले भित्री कुरा आफूलाई थाहा नभएपनि समस्या आएपछि छलफलबाट समाधान खोज्ने […]
धरान । सुनसरीका दुई उपमहानगरपालिका बिचको सीमा विवाद शुरु भएको छ। ईटहरी र धरानको सीमा विवाद शुरु भएको हो । धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद शुरु भएको हो । धरान उपमहानगरपालिकाले ईटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको पानीपियामा सीमा प्रारम्भ लेखिएको बोर्ड राखेको थियो । सेउती खोलासम्म र धरानको सीमाना पनि […]
विराटनगर । विराटनगर महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नरहेका १५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाले आइतबार लेखा परीक्षण नगरेका, साधारणसभा गरे पनि विवरण नबुझाएका सहकारी संस्थाहरुको सहकारी ऐनअनुसार दर्ता खारेज गरेको हो। सर्वसाधारणले बचत गरेको रकम असुरक्षित हुने क्रम बढ्दै गएपछि महानगरले पुष्पाञ्जली बहुद्देश्यीय सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सक्रिय बचत तथा […]
विराटनगर । नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् । विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत संस्था आन्दोलनमा छन् । नियमित आपूर्ति गर्न नसके लोडसेडिङको कार्यतालिका दिनुपर्ने उनीहरुको माग छ । विद्युत प्रधिकरणले औद्योगिक […]