July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

पानीपीया – सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने निर्माण कम्पनीको प्रतिबद्धता

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:१0
पानीपीया – सेउती खण्डको काम तीन दिन भित्रमा थाल्ने निर्माण कम्पनीको प्रतिबद्धता
इटहरी ।  चीन र भारतसँगको जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको रूपमा  विस्तार भइरहेको इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माणको काम तीन दिनभित्रमा थाल्ने सहमति भएको छ।
रानी विराटनगर इटहरी धरान किमा थाङ्का व्यापारिक मार्गमा रोकिएको काम तीन दिनबाट सुरु गर्न सहमति भएको हो ।
ठेकेदार कम्पनीले सो खण्डको काम नगर्दा सडक विस्तारको काम रोकिएको थियो । रोकिएको सडक थाल्न इटहरी उपमहानगरले पटक पटक भन्दा पनि कम्पनीले काम थालेको थिएन ।
सडक निर्माणको जिम्मा भएइको ठेकेदार कम्पनी, इटहरी उपमहानगरपालिका र छ लेन सडक आयोजनाबिच बुधवार भएको छलफलमा निर्माण कम्पनीले तीन दिनभित्रमा सडक थाल्ने लिखित सहमति गरेको हो ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पुरा गर्न पटक पटक निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो ।
निर्माण कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहानगरपालिकाले शुक्रवार एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो ।
उपमहानगरपालिकाले सडक सुस्त ढङ्गले निर्माण गर्दा सर्वसाधारणले सास्ती खेप्नु परेकाले गर्दा अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीन दिने अल्टिमेटम समेत दिएको थियो ।
निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्नका लागि ल्याबको रिपोर्ट आउन ढिला भएकाले काम रोकिएको बताए । उनले धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने बताए ।
‘इष्टमेटभन्दा ५० लाखा बढीको पनि काम भयो,’ उनले भने, ‘कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलाइ हुन पुग्यो ।’ कँडेलले असार मसान्तसम्म सानोतिनो कामबाहेक मुख्य कामहरू सक्ने प्रतिबद्धता जनाए ।
विराटनगर–धरान सडक खण्ड अन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ। सडक हिम धुङ् थोकर एन्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको हो ।
तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् पेसेफिक जेभीले ठेक्का पाएको सडक सुस्त निर्माण भइरहेको छ ।
‘निर्माण कम्पनीकै कारणले तरहरादेखि सेउतीसम्मको सडक निर्माणमा ढिलाइ भएको हो,’ छ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यले भने, ‘निर्माण कम्पनीले इच्छाशक्ति देखाए तोकिएको समयमा काम पुरा हुनेछ । चाँडो काम सुरु गर्दा एक लाइन मात्र भए पनि कालोपत्रे गरेमा सहज हुनेछ ।’
पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ ।इटहरीका मेयर हेम कर्ण पौडेलले अब निर्माण कम्पनीले लिखित प्रतिबद्धता व्यक्त गरेको समयमा पनि सडक पुरा गर्ने विश्वास गरे ।
कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक  विस्तार हुन बाँकी छ।
२०६९/ ०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएको थियो । पुरै सडक निर्माण गर्दा सुरुवातमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।
  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्