काठमाडौं चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ। उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा […]
विराटनगर मोरङको एक विद्यालय शिक्षा परीक्षा (एसईई) को केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए । प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार […]
विराटनगर प्रहरीले मोरङबाट एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । बुधबार अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको हो । अर्कैको नामको परीक्षा दिइरहेको अवस्थामा सुनसरी धरान उप–महानगरपालिका वडा नं–५ की २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका […]
टीकापुर कैलालीका अधिकांश क्याम्पसमा लज्जास्पद हार व्यहोरेको नेपाल विद्यार्थी संघ टीकापुरका दुईवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन कब्जा गर्न सफल भएको छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसमा मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा प्यानलसहित विजयीहुँदै नेविसंघले स्ववियु कब्जा गर्न सफल भएको हो । स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका नृप थापा निर्वाचित भएका हुन् । यसअघि वीरेन्द्र […]
पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.ज्ञट नेपालमा पनि देखा परेको छ। हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट देखिएको हो। विज्ञहरूका अनुसार ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ। भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टी […]
वासिङटन डिसी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले भारतमा बनेको आँखामा हालिने ड्रप प्रयोग नगर्न चेतावनी दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यी आइ ड्रपहरूले अमेरिकामा कम्तीमा ५५ जनामा संक्रमण, अन्धोपन जस्ता समस्या ल्याएको र एक जनाको मृत्युसमेत भएको जनाएको छ। एफडीएले बिहीबार भारतको ग्लोबल फार्मा हेल्थकेयर प्रालिले उत्पादन गरेको आर्टिफिसियल टियर्स आई ड्रपले […]
काठमाडौं ‘अहो, तिमीले कति राम्रो गरेको ।’ ‘मेरो बच्चा कति ज्ञानी ।’ ‘मेरो बच्चाले अरुले जस्तो दुःख दिंदैन ।’ ‘तिमी धेरै जान्ने छौ ।’ हरेक आमाबुवा चाहन्छन्, आफ्ना बालबच्चाको अनुहार सधैं उज्यालो होस् । सधैं हाँसीखुसी होस् । त्यसैले उनीहरुलाई कसरी खुसी बनाउने भन्ने बहाना खोजिरहेका हुन्छौं हामी । हाम्रा बालबच्चा के गर्दा खुसी हुन्छन् […]
काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल महाराजगन्ज पुगेका छन्। शनिबार साँझ पेटमा समस्या भएपछि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड गएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। भेटमा उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्डले पौडेलको सिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। पौडेललाई चिकित्सकको निगरानीमा राखिएको शिक्षण अस्पतालले जनाएको छ।
विराटनगर जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा (२२) मा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुका छोराछोरीहरुलाई अनिवार्य रुपमा आधारभूत तह (कक्षा ८) सम्म सामुदायिक विद्यालयमा पठनपाठन गराउनु पर्ने व्यवस्था गरेको पालिकाले २०८० को शैक्षिक सत्रबाट अनिवार्य […]
हेटौडा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आज अनुगमन गरेका छन् । हेटौंडाको आधुनिक राष्ट्रिय मावि र भुटनदेवी माविमा रहेको परीक्षा केन्द्रमा पुगेर मन्त्री श्रेष्ठले परीक्षा केन्द्रको अवस्था, सुरक्षा प्रबन्धलगायत विषयमा जानकारी लिँदै विद्यार्थीलाई परीक्षाको सफलताको शुभकामना दिए । मन्त्री श्रेष्ठले परीक्षा अनुशासित, मर्यादित, सुरक्षित र व्यवस्थित रहेकोमा […]
काठमाडौं थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९१५ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३०० र एन्टीजेनबाट ६१५ नूमना परीक्षण गर्दा पीसीआरबाट ३७ र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा १७ जना संक्रमित […]
हड्डी कमजोर हुँदा समग्र स्वास्थ्यमा असर पर्छ । हड्डी कमजोर हुन थालेपछि शरीरमा पीडाले सताउन थाल्छ । वृद्धावस्थामा हड्डी कमजोर हुने, मक्किने समस्या अलि बढी हुन्छ । बालबालिकामा यो समस्या खासै नहुने भएपनि कतिपयमा हड्डी दुख्ने समस्या हुन सक्छ । हड्डी कमजोर हुनुमा धेरै कुराको भूमिका हुन्छ । बढ्दो उमेर, सन्तुलित खानपानको अभाव, क्याल्सियम र […]