sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोरोनाको नयाँ भेरियन्ट, भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपाल पनि जोखिममा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १७:१४
कोरोनाको नयाँ भेरियन्ट, भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपाल पनि जोखिममा

पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.ज्ञट नेपालमा पनि देखा परेको छ। हिजो (सोमबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट देखिएको हो।

विज्ञहरूका अनुसार ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ। भारतकै तथ्यांक हेर्दा पनि सो कुरा पुष्टी हुन्छ। सोमबारमात्र भारतमा पाँच महिनायताकै धेरै अर्थात् झन्डै चार हजार जनामा संक्रमण देखिएको छ।राजधानी नयाँदिल्ली, मुम्बईसहित दक्षिणी भारतीय सहरहरूमा अहिले संक्रमण तीव्र भइरहेको छ।
विश्वभरको अवस्था हेर्दा कोरोनाका दुईटा नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.ज्ञट र ह्द्यद्य.ज्ञ.छ बढी सक्रिय छन्। यीमध्ये ह्द्यद्य.ज्ञ.छ बढी अमेरिकामा देखिएको छ भने ह्द्यद्य.ज्ञ.ज्ञट बढी भारतमा फैलिरहेको छ। यी दुईमध्ये भारतमा फैलिरहेको ह्द्यद्य.ज्ञ.ज्ञट भेरियन्ट बढी संक्रामक छ।

छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।

यी दुबै ह्द्यद्य.ज्ञ.ज्ञट र ह्द्यद्य.ज्ञ.छ भेरियन्ट सन् २०१९ मा दक्षिण अफ्रिकामा पहिलो पटक फेला परेको ओमिक्रोन भेरियन्टकै उपप्रजाति हो। नेपालमा गतवर्ष नै ओमिक्रोन भेरियन्ट देखिसकेको छ। यद्यपि त्यसकै नयाँ उपप्रजातिको रूपमा विकसित भएका यी दुई भेरियन्टहरू अमिक्रोनभन्दा बढी संक्रामक रहेको भनिएको छ। जसले गर्दा संक्रमण बढ्नसक्ने विज्ञहरू बताउँछन्।
भाइरोलोजिष्ट डाक्टर लुना भट्ट भन्छिन्, ’अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये ह्द्यद्य.ज्ञ.ज्ञट बढी संक्रामक देखिएको छ। हामी धेरै गम्भीर हुनुपर्ने विषय यसले हाम्रो शरीरको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लाई छल्नसक्छ। त्यसैले संक्रमण एकदम बढ्न सक्छ।’

ओमिक्रोनकै उपप्रजाति भएकाले अहिले देखिएका नयाँ भरियन्ट अघिल्लो भेरियन्ट ’डेल्टा’ जस्तो घातक नहुने देखिएको उनले बताइन्।

नेपालमा गत वर्ष ओमिक्रोन भेरियन्टको संक्रमण व्यापक फैलिएको थियो। संक्रमण फैलिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या डेल्टा भेरियन्टको बेलाजस्तो थिएन। अस्पताल भर्ना भएकाहरूमा पनि धेरैलाई भेन्टिलेटर चाहिएको थिएन।
अहिले अमेरिकामा त्यस्तै अवस्था रहेको भाइरोलोजिष्ट भट्ट बताउँछिन्। अमेरिकामा नयाँ भेरियन्ट ह्द्यद्य.ज्ञ.छ का कारण संक्रमण तीव्र भए पनि संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

’ओमिक्रोनभन्दा डेल्टा भेरियन्ट निकै डरलाग्दो थियो। किनभने डेल्टाले फोक्सोमा असर गर्थ्यो जसले गर्दा कतिले निमोनियाका कारण ज्यान गुमाए,’ भट्ट भन्छिन्, ’तर ओमिक्रोनका बेला धेरैलाई भेन्टिलेटर नै चाहिएको थिएन किनभने यसले फोक्सोमा भन्दा पनि घाँटीमा संक्रमण गर्थ्यो।’
अहिले देखिएका नयाँ भेरियन्टहरू पनि ओमिक्रोनकै उपप्रजाति भएकाले डेल्टाजस्तो घातक नरहेको उनी बताउँछिन्। तर नयाँ भेरियन्ट बढी संक्रामक रहेकाले नेपालमा आगामी दिनमा संक्रमण बढ्न सक्ने उनको भनाइ छ।

अर्का भाइरोलोजिष्ट डाक्टर वासुदेव पाण्डे पनि नयाँ भेरियन्ट डेल्टाजस्तो घातक नदेखिए पनि अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेकाले नेपालमा संक्रमण बढ्न सक्ने बताउँछन्। उनले भारतमा पनि नयाँ भेरियन्टका कारण संक्रमण फैलिरहेको उल्लेख गर्दै नेपालमा पनि संक्रमण बढ्न सक्ने बताए।
नयाँ भेरियन्ट बढी घातक नरहे पनि यसले दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी असर गर्न सक्ने हुँदा सतर्कता अपाउनु पर्ने दुबै भाइरोलोजिष्टको सुझाव छ। यस्ता समूहका मानिसहरूमा कोरोनाको जुनै भेरियन्ट आए पनि जोखिम हुने उल्लेख गर्दै परिवारका अन्य सदस्यले ख्याल प¥याउनु पर्ने उनीहरूको भनाइ छ।

पछिल्लो समय मानिसहरूले मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका कारण पुनः यसलाई पालना गर्नुपर्ने उनीहरूको जोड छ। साथै सरकारले पनि नयाँ भेरियन्टका कारण निम्तिने जोखिमलाई मध्यनजर गर्दै विमानस्थल र भारतसँग जोडिएका नाकाहरूमा निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ।

यसका साथै सरकारले सबैका लागि खोपको बुस्टर डोजको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै भट्ट भन्छिन्, ’सुरूमा त बुस्टर डोज लगाउनै पर्यो ’मोर्डेना र फाइजर’ भयो भने राम्रो तर त्यसबाहेक पनि जुन छ त्यो लगाउँदा पनि हुन्छ। त्यसैले अब सरकारले नागरिकका लागि यहाँ–यहाँ बुस्टर डोज लगाइन्छ भनेर भन्नुपर्छ।’

कोरोनाको लक्षण देखिए बेलैमा परीक्षण गराउनु पर्ने उनीहरूको भनाइ छ। भाइरोलोजिष्ट भट्टका अनुसार नयाँ भेरियन्टको लक्षण सामान्यतः ज्वरोबाट सुरू हुन्छ। त्यसपछि जीउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, मांशपेशी दुख्ने, आलस्य हुने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखिन सक्छन्। त्यसबाहेक कतिपयलाई पेट दुख्ने र पखला चल्नेजस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिनासाथ परीक्षण गराउनु पर्ने उनको सुझाव छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि भारतमा संक्रमण फैलिरहेको हुँदा नेपालमा पनि संक्रमण बढ्नसक्ने उल्लेख गर्दै सबैलाई सतर्क रहन अपिल गरेको छ। साथै भारतसँग सीमा जोडिएका नाकाहरूमा परीक्षणलगायत निगरानी बढाइएको मन्त्रालयले जनाएको छ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २१, २०७९ १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid