May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

समाचार

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा बालाजुको खाजाघर सञ्चालक पक्राउ, एक जनाको उद्धार

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा बालाजुको खाजाघर सञ्चालक पक्राउ, एक जनाको उद्धार

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा एक युवकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ स्थित ‘लाफा’ खाजा घरका सञ्चालक उदयपुरगढी गाउँपालिका-६ घर भई काठमाडौं बालाजु बस्ने २३ वर्षीय नविन कुमार मगर रहेका छन्। उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको […]

  • १ महिना अगाडि
स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा बुर्लाकोटी

स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा बुर्लाकोटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी मधुसुदन बुर्लाकोटीले पाएका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयको सचिवको भूमिकामा रहेका बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो। उनले कहिले हाजिर हुने भन्ने प्रष्ट नपारे पनि आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएको पुष्टि गरे।

  • १ महिना अगाडि
पर्वतमा घरभित्र एक दम्पती मृत्यु फेला –हत्याको आशंका

पर्वतमा घरभित्र एक दम्पती मृत्यु फेला –हत्याको आशंका

पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् । यहि स्थानमा बसोबास गर्ने सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन् । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिएको छ । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु भएको छ ।

  • १ महिना अगाडि
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजाार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा त्यो […]

  • १ महिना अगाडि
७ वषअघि प्युठानमा भएको दुर्घटनाका चालक ७ वर्षपछि  पक्राउ

७ वषअघि प्युठानमा भएको दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ

प्युठानमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् । ललितपुरको महांकाल गाउँपालिका–३ घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको छ । ११ चैत २०७३ मा प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदा घलेले चलाएको बा ८ च १५६१ नम्बरको स्कर्पियो […]

  • १ महिना अगाडि
रेसम चौधरीले सुदुर सरकार ढल्यो भने ४ जनाको हत्याको धम्की दिएको आरोप

रेसम चौधरीले सुदुर सरकार ढल्यो भने ४ जनाको हत्याको धम्की दिएको आरोप

सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच हात हालाहाल भयो। केन्द्रीय समितिको बैठकअघि आफूहरूमाथि आक्रमण भएको केन्द्रीय सदस्यहरू रमेश विश्वकर्मा, रामलाल डगौरा थारू लगायतले दाबी गरे। टीकापुर नगरपालिकाका मेयर समेत रहेका थारूका अनुसार उनीहरूमाथि पार्टीका संरक्षक रेशमलाल चौधरीकै उपस्थितिमा कुटपिट भएको हो। उनले भने, ुमिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ। पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ […]

  • १ महिना अगाडि
विदेश पठाउदा कम्तिमा एक लाख तलब तोक्नु पर्ने सांसद राईको भनाई

विदेश पठाउदा कम्तिमा एक लाख तलब तोक्नु पर्ने सांसद राईको भनाई

संसदमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई कम्तीमा एकलाख मासिक तलब हुनुपर्ने माग उठेको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक तलब एक लाख तोक्न माग गरेका हुन्। उनले विशेष समयमा रोजगारीमा गएकाहरूले काम नपाएर जेलमा जसरी बस्नुपरेको बताए। ‘वैदेशिक रोजगारीमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाख […]

  • १ महिना अगाडि
२७ लाख ७५ हजारसहित दुई जना पक्राउ

२७ लाख ७५ हजारसहित दुई जना पक्राउ

प्रहरीले मलंगवा नगरपालिका-९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन्। आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका-९ स्थित सडकबाट पक्राउ गरेको हो […]

  • १ महिना अगाडि
सम्झौता बमोजिम काम नगर्ने तीन विदेशीसहित २७ निर्माण व्यवसायीलाई  ७ दिने अल्टिमेटम

सम्झौता बमोजिम काम नगर्ने तीन विदेशीसहित २७ निर्माण व्यवसायीलाई ७ दिने अल्टिमेटम

सम्झौताबमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टिकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका तीन विदेशीसहित २७ वटा निर्माण कम्पनीहरूलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ पेश गर्न अल्टिमेटम दिएको छ। यसअघि कार्यालयले ३० दिनभित्र […]

  • १ महिना अगाडि
हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सोमबार पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। अहिले बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

  • १ महिना अगाडि
हालै पोखरामा जिप दुर्धटना ९ जना घाइते बाकीको खोजी कार्य जारी

हालै पोखरामा जिप दुर्धटना ९ जना घाइते बाकीको खोजी कार्य जारी

पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्त्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए । उनकाअनुसार केहीको अवस्था गम्भीर […]

  • १ महिना अगाडि
मान्छे बेचेको आरोपमा २ जना पक्राउ

मान्छे बेचेको आरोपमा २ जना पक्राउ

एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बच्चलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको […]

  • १ महिना अगाडि