सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा नेपालमै पहिलो पटक स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ । कोलम्बिया स्पोर्ट्स वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आउँदाे शुक्रवार प्रतियोगिता हुन लागेको आज बुधवार फाप्लुमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे हाे । भविष्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरको स्काई रेस प्रतियोगिता गर्नुका साथै खेलकुद पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले याे […]
कलंकीको श्यामा पम्प पनि सिल थप अनुसन्धान हुँदै सशस्त्र प्रहरीको पम्पबाटै कम मात्रामा पेट्रोल बिक्री काठमाडौं ।। केन्द्रीय अनुगमन टोलीले काठमाडौंका थप २ वटा पेट्रोल पम्प सिल गरेको छ । मंगलबार मात्रै अनुगमन क्रममा उपभाक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको भन्दै गैरी गाउँको भ्याली बाबा सप्लायर्समा सिल गरिएको थियो । बुधबार गरिएको अनुगमन क्रममा सोही […]
काठमाण्डाै – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् । कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मत दिएको […]
काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेकाे छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा नेपालमा यूएईलाई ७ विकेटले हरायाे । यूएईले दिएकाे १ सय ४१ रनकाे लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै […]
काठमाण्डाै – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ । बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले […]
गोरखा–११औं लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले हात पारेका छन्। निर्धारित १३.८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन्। उपाधि जितेसँगै राई यस वर्षका लागि लिगलिगे राजा घोषित भएका छन्। प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै सेनाकै नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ। भारतीय […]
काठमाण्डाै – शेयर बजार उच्च अङ्कले बढेर १९ सय विन्दुभन्दा माथि पुगेको छ । आज बुधवार शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो । आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अङ्कभन्दा धेरैले बढेको छ […]
अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आए निगमसँग अहिले कुल ४ वटा जहाज रहेको उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध काठमाडौं ।। नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानका सबै जहाज सञ्चालनमा आएका छन् । प्राविधिक समस्या आएका कारण ग्राउण्डेड जहाजहरु सबै सञ्चालनमा आएको निगमले बताएको छ । निगमसँग अहिले कुल ४ वटा जहाज छन् । २९ असोजदेखि […]
औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइयो बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न निर्देशन काठमाडौं ।। औषधि व्यवस्था विभागले तीनवटा औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक लगाएको छ । धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५०० एमएल र आरएल ५०० एमएल (स्लाइन […]
पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन मूल्य र गुणस्तर नियन्त्रण गर्नुपर्ने भन्दै पसलको अनुगमन बढाउन आग्रह एमआरपी भन्दा बढी मूल्यमा सामान बिक्रि गरेको खुलाशा एमआरपी वा प्राइस ट्याग नटासेको पाइयो काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल भित्र सञ्चालित पसलमा राखिएका वस्तुको मूल्य गुणस्तरको अनुगमन गर्न वाणिज्य विभागसमक्ष अनुरोध गरेको छ । बुधबार एक सूचना […]
प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा पाण्डे यसअघि महानगरले प्रमुखमा जिम्मेवार प्रहरीमा तीन सय हाराहारी जनशक्ति काठमाडौं ।। काठमाडौं महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ ।महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज […]
बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको स्कुटर उपचारका क्रममा धुलिखेल अस्पतालमै मृत्यु काठमाडौं ।। काभ्रेको पनौती नगरपालिका–१० दाहालटारमा मंगलबार राति बोलेरोमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । रोकी राखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा पनौतीबाट दाहालटारतर्फ जाँदै गरेको बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको थियो । मृत्यु हुनेमा पनौती नगरपालिका–७, बसपार्क […]