काठमाडौं,१४ असोज । पितृ पक्ष (सोह्र श्राद्ध)को समयमा शुभ कार्यमा प्रयोग हुने अधिकांश वस्तुहरू खरिद गर्न निषेध गरिएको छ। यस अवधिमा नयाँ कपडा, गरगहना, नयाँ सवारी साधन, घर, जग्गा आदि खरिद गरेमा शुभ मानिने छैन । पितृ पक्षको समयमा पितृहरूलाई प्रसन्न पार्न धेरै उपायहरू गरिन्छ। तर मानिसहरूले केही सावधानीहरू बिर्सन्छन्, जसका कारण उनीहरूले ठूलो घाटा […]
२०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ। आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो। यसैगरी जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ। ओझाको यसअघि ‘ऐलानी’ नामक उपन्यास प्रकाशित छ भने मुखिया लामो समयदेखि ललितकला र पुस्तकका आवरण सिर्जनामा सक्रिय छन्। दुवै पुरस्कारको राशि ४-४ लाख […]
प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत काठमाडौं: प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ। आइतबार बसेको संसद बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयक प्रस्तुत गरेका हुन्। विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित बनेका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने बताएपछि उनीहरूले […]
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि…. भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँससमेत प्रहार सुर्खेत ।। बालकको मृत्यु भएको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त बनेको छ । शुक्रबार र शनिबार छुट्टा–छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् […]
सिमरा : आयोजक सिमरा भेट्रान क्लबलाई स्तब्ध पार्दै काठमाडौंको फ्रिडम फाइटर भेट्रान क्लबले तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटबल प्रतियोगिताको उपाधी उचालेको छ। सिमरा रंगशालामा शनिवार भएको फाइनल खेलमा आयोजकमाथि ३-१ को जित निकाल्दै फ्रिडम फाइटरले पहिलो सहभागितामै उपाधी उचालेको हो। फ्रिडम फाइटरलाई उपाधी दिलाउने क्रममा भिबहादुर श्रेष्ठ, कमल बिष्ट र विकर्ण श्रेष्ठले समान एक-एक […]
काठमाडौं । पर्वतको कुश्माको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा तीन जना सवार जीप बाढीले बगाएर बेपत्ता भएकोमा हिलोमा पुरिएको अवस्थामा जीप फेला परेको छ । जीपसँगै एक जना यात्रु मृत भेटिएका छन् भने अन्य दुइजनाको अवस्था अज्ञात छ । मृतकको सनाखत […]
काठमाडौँ। सेयर बजारमा आइतबारदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार हुने भएको छ। नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार हुने भएको हो। कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज १ सय ७२ रुपैयाँ ४३ पैसादेखि ५ सय १७ रुपैयाँ २९ पैसासम्म दिइएको छ। कम्पनीले प्रतिकित्ता २ […]
भादगाउँ (भक्तपुर), १४ असोज : इन्द्रजात्राको अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आजबाट सुरु हुने भएको छ । विभिन्न धार्मिकग्रन्थका आधारमा तयार पारेको मुपात्र जात्रा यहाँ तीन दिन मनाइन्छ । जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई जना सहायकसहित तीनजनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङ लगाई शृङ्गारपटारका साथ तरबार समात्न लगाई भक्तपुर नगर परिक्रममा […]
मेष –केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष –साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ […]
नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ गरिएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि छायांकन सुरु गरिएको हो । पछिल्लो समय निर्देशनमा व्यस्त रहेका हाङ चेम्जोङले यसै चलचित्र मार्फत नायकको रुपमा डेव्यू गर्दै छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन […]
वराहक्षेत्र, असोज १३ गते । मदन भण्डारी लोकमार्ग सडकखण्डमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको छ । शनिबार पानीसहित आएको हावाहुरीले सुनसरीको पटनाली जङ्गलमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको हो । रुख खस्दा स्कुटरको पछाडि सवार रामधुनी ६ बस्ने ६० वर्षीय मुनरलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी […]
काठमाडौं, असोज १३ गते । सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएको दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । दुवै पक्षबीच गृहमन्त्रालयमा वार्ता जारी छ । […]