April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १८:५२
गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु

वराहक्षेत्र, असोज १३ गते । मदन भण्डारी लोकमार्ग सडकखण्डमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको छ । शनिबार पानीसहित आएको हावाहुरीले सुनसरीको पटनाली जङ्गलमा गुडिरहेको स्कुटरमाथि रुख ढल्दा एक जनाको मृत्यु भएको हो ।

रुख खस्दा स्कुटरको पछाडि सवार रामधुनी ६ बस्ने ६० वर्षीय मुनरलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । को २९ प ५५०२ नम्बरको स्कुटर पकलीबाट चतरा जाँदै गरेको थियो ।

रुखको हाँगाले थिचेर टाउकोमा गम्भीर चोट लागेका चौधरीकोे उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शनिबार, अशोज १३, २०८० १८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।