काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषा (देवनागरी लिपी)मै लेख्ने गरी कार्ययोजना अघि बढाएको बतााएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले यसबारे सम्बन्धित एजेन्सी (ठेकेदार)सँग छलफलमा रहेको बताए । प्रधानमन्त्रीसँग पनि यसबारे छलफल भएको भन्दै उनले यो कार्यायोजनाअनुसार कामले तीव्रता पाएको बताए । […]
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आउँदा फोन सम्पर्कमा कठिनाइ भएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई (VoLTE) सेवामा समस्या देखिएको बताए । ‘टुजी, थ्रीजी, फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिंदा फोन नलाग्ने समस्या देखिएको छ, हामी समाधानको प्रयास गरिरहेका […]
विश्वमा अहिले इन्टरनेट प्रयोगकर्ताको संख्या करिब पाँच अर्ब छ । थप कम्तिमा एक अर्ब मानिसहरू आगामी समयमा इन्टरनेटमा जोडिने विश्वास छ । र, आगामी दिनहरुमा इन्टरनेटमा जोडिनेमध्ये अधिकांश प्रयोगकर्ता ती देशका हुनेछन् जहाँ अंग्रेजी बोलिँदैन/लेखिँदैन । डिजिटल विश्व तथा सोसल मिडियाको यो जमानामा हरेकजसो मानिस अहिले इन्टरनेटमा सक्रिय छ । पहिले इन्टरनेटको प्रयोग गर्नका लागि […]
काठमाडौं । आरोपीले साँचो बोलेको वा झुट बोलेको पत्ता लगाउन सक्ने मेसिन पाए प्रहरीहरु पक्कै आभारी हुनेछन । लाइ डिटेक्टर र मस्तिष्क स्क्यान मेसिनहरू त्यसो गर्न सक्षम छन् तर के तिनीहरूका रिपोर्टहरू सही छन् रु यदि कसैले आफ्नो छिमेकीलाई मारेर आफ्नो बगैंचामा गुलाबको फुल मुनि गाडिदियो अनि पुलिसले त्यो कुरा उसँग सोध्यो भने उसको प्रतिक्रिया […]
बेलायती सरकारी उपकरणमा टिकटकमाथि प्रतिबन्ध लगाइने भएको छ । बेलायतले चिनियाँ स्वामित्वमा रहेको भिडियो शेयर गरिने एप टिकटकमाथि प्रतिबन्ध लगाउन लागेको हो । प्रधानमन्त्री ऋषि सुनकले यसअघि अमेरिकाको भ्रमणका क्रममा सरकारले ‘सरकारी उपकरणको सुरक्षा’लाई गम्भीरतापूर्वक लिएको बताउनुभएको थियो । सन्डे टाइम्सले गएको हप्ता नै साइबर सुरक्षा विज्ञहरूले सरकारलाई टिकटक हटाउन सिफारिसको सुझाव दिएको उल्लेख गरेको […]
काठमाडौं साताको अन्तिम कारोबार दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक स्थिर रहेको छ। अघिल्लो कारोबार दिन बुधबार १४.४४ अंकले घटेर १९३८.६२ विन्दुमा बन्द भएको नेप्से यसदिन सो सेसनमा स्थिर रहेको हो। सेन्सेटिभ इण्डेक्स पनि स्थिर रहेको छ। यो सेसनमा १० कम्पनीको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता सेयर खरिदबिक्री भएको छ। […]
काठमाडौं ः महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट दरपीठ भएको छ। राष्ट्रपतिमा पुरूष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। सो रिटमाथि अध्ययनपछि सर्वोच्चका रजिष्टारले दरपीठ नगर्न भनेका हुन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउन माग गरिएको रिट निवेदन दरपीठ भएको अन्नपूर्णलाई […]
सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब ९६ करोड […]
काठमाडौं ः निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरिएको हो। निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा […]
काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । कतिपयलाई उनी अब शितलनिवास गइहाल्छन् भन्ने लागेको छ । तर यथार्थमा पद हस्तान्तरणको प्रक्रिया केही फरक छ । राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाका अनुसार निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु पर्ने छ । त्यसका निर्वाचन आयोगले […]
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत […]
काठमाडौं ः राष्ट्रपति चयनका लागि मतदान जारी छ। बिहीबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान सुरू भएको छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। राष्ट्रपतिका दुवै उम्मेदवारले मतदान गरेका छन्। आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङले मतदान गरेका हुन्। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री […]