sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

ओलीजीलाई मधेशमा लगेकै मैले हो : प्रभु साह

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १५:२८
ओलीजीलाई मधेशमा लगेकै मैले हो : प्रभु साह

काठमाडौं । ठूला भनिएका हरेक पार्टीमा टिकटका लागि हानाथाप चल्यो । विगतमा जस्तै यो चुनावमा पनि टिकट नपाएकै कारण वर्षौंसम्म आफू आवद्ध भएको पार्टी रातारात छाडेर अर्को पार्टीमा पुगेर टिकट लिनेहरु पनि देखिए । तर नेकपा एमालेका नेता प्रभु साहले भने पार्टीले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए ।

साहले जनता समाजवादी पार्टीसँग चुनावी तालमेलको विरोध गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् । आफूसँगै अरु एमाले नेताहरुलाई पनि जसपालाई छाडेको ठाउँमा उम्मेदवारी दिन लगाएका साह भन्छन्, ‘ओलीजीले साम्प्रदायिक शक्तिलाई मधेश जिम्मा लगाउन खोज्नुभयो, ठेक्का दिन खोन्नुभयो, मैले अस्वीकार गरें ।’

एमाले नेता साहसँग अनलाइनखबरकर्मी सइन्द्र राई र रघुनाथ बजगाईंले गरेको कुराकानीको सम्पादित अंश :

एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभयो । पहिल्यै योजना बनाउनु भएको थियो ?

प्लान भए यस्तो हुन्छ त ?

तर केपी ओलीका अनुसार, तपाईं पहिलेबाटै संदिग्ध गतिविधिमा हुनुहुँदो रहेछ ?

त्यसमा कुनै सत्यता छैन । जसले संदिग्ध भन्नुभएको छ उहाँले नै आमजनतालाई भनिदिए हुन्थ्यो कि संदिग्ध भनेको के हो ?

जसपा (जनता समाजवादी पार्टी) सँग अपवित्र गठबन्धन कहिलेदेखि सुरु भयो ? जसपा हिजो एमाले र ओलीजीलाई प्रतिगगामी भन्ने, राष्ट्रपतिको पुत्ला जलाउने, एमालेलाई मधेश विरोधी बताउने पार्टी । अनि, उपेन्द्र यादवलाई साम्प्रदायिक, विदेशी दलाल भन्ने एमाले । कसरी रातारात एउटा कागजमा हस्ताक्षर गर्न पुग्नुभयो ? बताउनुहोस् ।

मधेशमा एमाले नै खाली बनाउने योजनामा तपाईंले बनाउनुभएको आरोप पनि लाग्यो नि ?

मधेशमा एमालेको भर्ती थियो र मैले खाली गराउँछु ? बनाएकै हामीले हो, बनाएकै प्रभु साहले हो । ओलीजीलाई मधेशमा टिकाएकै प्रभु साहले होइन ? यो सत्य घामजस्तै छर्लंङ्ग छ । ओलीजीलाई मधेशमा लगेकै मैले हो । प्रभु साह भएर मधेशमा एमाले थियो ।

एमाले त मधेशमा पहिलेबाटै थियो नि !

एमालेभित्र पनि माधवजी (माधव नेपाल)कै बर्चस्व थियो । पार्टीमा विवाद हुँदा एमालेका दुई तिहाइ प्रदेश सभा सदस्यहरु माधव नेपालतिर लागे । एमालेको आधिकारिकता केपीजीसँग आइसकेपछि पनि बहुमत भन्दा बढी माधव नेपालजीमा देखियो । यसकारण मधेशमा एमाले हुँदा पनि माधव नेपालको थियो । विभाजनपछि एकीकृत समाजवादीकै बर्चस्व देखियो ।

नयाँ मान्छे आयो भने प्रभु साह आयो । हामीसँग भएको प्रतिनिधिसभा सदस्य, संसदीय दलको नेता रामचन्द्र मण्डल, प्रदेशसभा सदस्यहरु आफ्नो पद छोडेर एमालेमा आएको होइन ? अरु प्रदेशमा सरकार देखेर आए होलान्, मधेश प्रदेशमा त एमालेको सरकार थिएन । दर्जनौं पालिका प्रमुख र उपप्रमुख पदको बाजी लगाएर एमालेमा आए । यसले के देखाउँछ भने मधेशमा एमालेको पोजिसन कमजोर थियो, त्यसमा पनि ओलीजीको अवस्था दयनीय थियो ।

त्यो दयनीय स्थितिमा प्रभु साहकै सहयोगमा एमाले मधेशमा मधेशमय भएको थियो । मैले खाली बनाएँ रे ! कसले बनाएको थियो र खाली गरें ? यदि उहाँले भने जस्तै हो भने पुष्टि गरिदिए हुन्छ ।

तपाईं अन्यत्रबाट परिचालित भएको पनि आरोप छ ?

म त ओलीजीको नेतृत्वमा सबै कम्युनिस्टहरुको धारा, उपधारालाई एकै ठाउँमा ल्याएर राजनेता बनाउन लागेको मान्छे हुँ । ओलीजीले साम्प्रदायिक शक्तिलाई मधेश जिम्मा लगाउन खोज्नुभयो, ठेक्का दिन खोन्नुभयो, मैले अस्वीकार गरें । मैले एमाले जोगाउन, देश र जनताको सही राजनीति जोगाउन, राष्ट्रलाई समृद्ध गर्न जोखिम मोलेको हुँ । मधेशमा एमालेलाई जोगाउन प्रभु साह लाग्यो कि ओलीजी लागेको हो ? यो इतिहासले पुष्टि गर्ला ।

उपेन्द्र यादवले मधेशमा राजनीति गरिरहेको राष्ट्रको पक्षमा छ ? त्यो हो भने ओलीजीले गरेको काम ठीक छ । होइन भने प्रभु साहले गरेको काम ठीक छ ।

जुनबेला अध्यक्षज्यू र उपेन्द्र यादवबीचमा हस्ताक्षर भइरहेको थियो, त्यसमा प्रभु साहको सहमत थियो ? प्रभु साह विरोधमा थिएन ? सत्य कुरा किन बाहिर भन्नुहुन्न ?

तपाईंहरुले जसपासँग तालमेल नगर्नुुस् भनेर भन्नुभएको थियो ?

कसैसँग गठबन्धन नगर्ने भन्ने पार्टीकै निर्णय छ । तर ओलीजीले नै पार्टी निर्णय अस्वीकार गर्नुभयो, पार्टी निर्णय र नीतिविरुद्ध गएर गठबन्धन गर्नुभयो । प्रभु साहको विरोध गर्नेहरुलाई सोध्न सक्छु– उपेन्द्र यादवसँगको साँठगाँठ कसको इसारामा हो ?

तर स्थानीय चुनावमा ३० पालिका प्रमुख मधेशमा जितेर उत्साहित एमालेको चाहनामा त ठेस् लाग्यो नि !

३० होइन ६० पुग्थ्यो होला, यदि रघुवीर महासेठ र ओलीजीले स्थानीय निर्वाचन सही ढंगले गराएको भए । तर महासेठजीले त्यसबेला जे मन लाग्यो त्यही गर्नुभयो, अहिले पनि त्यही गर्नुभयो । पार्टीमा छलफल गर्नुपर्दैनथ्यो ? पार्टीको कुनै निकायको अनुमति लिनुपर्दैन ? दुई–तीन जनाले गोप्य साँठगाँठ गरेर उपेन्द्रजीसँग हस्ताक्षर गर्ने ? त्यो पार्टीको हितमा छ ? देशको हितमा छ ? छ भने पार्टीले पहिले भन्नुपर्यो, उपेन्द्रसँगको साँठगाँठ देशको पक्षमा छ, एमालेको पक्षमा छ, कम्युनिस्ट मुभमेन्टको पक्षमा छ ।

एमाले महासचिव (शंकर पोखरेल)को स्ट्याटस पढें । म उहाँसँग सोध्न चाहन्छु– जुनबेला अध्यक्षज्यू र उपेन्द्र यादवबीचमा हस्ताक्षर भइरहेको थियो, त्यसमा प्रभु साहको सहमत थियो ? प्रभु साह विरोधमा थिएन ? सत्य कुरा किन बाहिर भन्नुहुन्न ? किन दुनियाँलाई गुमराहमा राख्नुहुन्छ ? आफ्नो गल्ती ढाकछोप गर्न अर्कोलाई साँठगाँठको आरोप लगाउँदैमा छोपिनेवाला छैन ।

तर हरियो सर्पको आरोप त लाग्यो ?

केपी ओलीकै बोलीमा बोली मिलाउनेहरु नै हरियो घाँसमा हरियो सर्प हुन् । जसले ओलीजीलाई यो मिलेन भन्दैछ, उसलाई त्यसो भन्नु तर्कसंगत नै भएन । हरियो घाँसमा हरियो सर्प भनेको सिंधै बुझिन्छ कि जस्तो नेता, जस्तो माहोल छ, त्यस्तै बन्ने ।

मसँग त नेकपा विभाजन हुँदाबाटै अप–डाउन छ । ओलीसँगको मेरो सम्बन्ध एकता र संघर्षको छ । किनभने अदालतबाट एमाले व्युँतिएपछि झण्डै ६ महिना पार्टीको कुनैपनि गतिविधिमा थिइनँ । यदि नेकपाको निरन्तरता एमाले हो भने सामेल हुन्छु, होइन भने सामेल हुन्न भनें । विधान अधिवेशनबाट नेकपाको निरन्तरता भनेर विधिवत सम्बोधन गरियो, लोगो पनि नेकपाकै ल्याइसकेपछि मैले सहभागी हुने आधार पाएँ ।

त्यसैले हरियो सर्प त हरियो घाँससँगै टाँसिएर बस्छ । जति पनि प्रतिक्रान्ति भएको छ, त्यही खेमाका मान्छेले गरेका छन्, अन्य खेमाबाट आउने मान्छेहरुबाट होइन । फेरि पनि प्रतिक्रान्ति ओलीजीकै जयजयकार गर्नेबाट हुन्छ, लेखेर राख्नुस् ।

घनश्याम भूसाल पनि स्वतन्त्र उठ्नु भएको छ । तपाईं र घनश्याम भूसालबीचको उम्मेदवारीमा केही सम्बन्ध छ ?

म स्वतन्त्र उम्मेदवार छु । सबै पक्षलाई सहयोग गर्नुस् भनेर अपिल गरेको छु । घनश्यामजीको मलाई थाहा छैन ।

तपाईंको उम्मेदवारीको उद्देश्यबारे जसपाको विरोध मात्रै हो ?

एमालेलाई साथ दिइराखेको एउटै कारण थियो– देशमा स्थीरता । किनकि मिश्रित निर्वाचन प्रणालीका कारण कुनै दलको बहुमत आइराखेको छैन । तर हामी ओलीजीको नेतृत्वमा बहुमत माग्न लागेका थियौं । ओलीजी नै गठबन्धनमा लाग्ने हो भने त्योभन्दा ठूलो गठबन्धन त शेरबहादुर देउवासँग छ । त्यहींबाट स्थीरताको आश गरे भइहाल्यो त ।

ओली निकट कतिपय नेताहरुले अब तपाईंलाई एमालेको ढोका बन्द भयो भन्दैछन् नि ?

एमाले श्रमजीवीहरुको, लाखौं कार्यकर्ताको साझा पार्टी हो । उहाँले (केपी ओली) भन्दैमा ढोका बन्द र खुला हुन्छ जस्तो लाग्दैन । फेरि म आफैंले छोडेर स्वतन्त्र भइसकें, मलाई के सुनाउनु ढोका बन्द र खुला भनेर ।

जुनबेला लोसपासँग तालमेलको चर्चा भयो, पार्टीभित्र र बाहिर पनि त्यसको विरोध गरें । विरोध गरेको प्रमाणहरुको ख्याल गर्नु पर्दैन ?

फेरि जसपासँग गठबन्धन गर्दा कहाँ जितिन्छ ? नेताहरुले पनि भनुन् । देशलाई फाइदा छैन, सरकार बनाउन र जित्ने नेतालाई पनि फाइदा छैन भने किन मरिहत्ते गर्ने ? जसपासँग गठबन्धन गरियो भने कार्यकर्ताले बहिष्कार गर्छन्, जनस्तरबाट अस्वीकृत भइन्छ भनेर मैले उहाँहरुलाई बेलामै भनेको पनि हुँ । उहाँले (केपी ओलीले) मान्नुभएन र सहमति गर्नुभयो । मैले पनि अपिल गरें, जहाँ–जहाँ जसपाका उम्मेदवार छन्, त्यहाँ–त्यहाँ उम्मेदवारी दिनुस् ।

यो बेलासम्म म एमालेकै टिकटमा लड्ने तयारीमा थिएँ । अरु पनि एमालेको टिकट पाउनेले लडुन्, जसपाले लिएको ठाउँमा मात्रै काउण्टर गर्ने भन्ने थियो । तर साथीहरुले आफू एमाले उम्मेदवार भएर स्वतन्त्रलाई कसरी सपोर्ट गर्नुहुन्छ भनेर प्रश्न आएपछि सबैको सल्लाहमा आँट गरें ।

तपाईंको सहयोगी शक्ति चाहिँ अब को हुन्छ ?

मधेशमा एमाले बनाएकै हामीले हो, एमाले मसँगै छ । उहाँ (केपी ओली) लाई लाग्छ, पार्टी उहाँको ठेक्का हो । तर एमाले कसैको ठेक्काको पार्टी होइन । एमाले प्रभु साहको पनि पार्टी हो, एमालेका साथीहरु खुलेरै मेरो साथमा छन् ।

तपाईंको निर्णयले माओवादी छोडेर आएकाहरुलाई अप्ठ्यारो परेन ?

अरु प्रदेशमा एमालेको सरकार थियो, मधेशमा थिएन । तर पनि जुन बेला ओलीजी संकटमा हुनुहुन्थ्यो, त्योबेला सबभन्दा बढी प्रदेशसभा सदस्य, स्थानीय जनप्रतिनिधिले पदको बाजी लगाएर आए । हामीले लगाएको गुण उहाँलाई भएन । उहाँको अभिव्यक्ति सुन्दा लाग्छ, उहाँ प्रभु साहको हुनुभएन । प्रभु साहले सम्पूर्ण चिज समर्पित गरेको थियो, उहाँलाई सहयोग गरेको थियो । उहाँ हाम्रो अध्यक्ष हुनु भएन भने देश र जनताको पक्षमा हुनुहुन्छ जस्तो त लाग्दैन ।

माओवादीबाट आएकाहरु एमालेभित्र अप्ठ्यारोमा चाहिँ छन् ?

यत्ति भन्न सक्छु– केपीजीलाई हामीले चाहेको साझा नेता, राजनेता हो । तर उहाँको आचरणले दश भाइको पनि हरिबिजोग छ, माओवादीको स्थिति पनि नाजुक छ । ठूलै नेताहरुको हालत हेर्नुस् ! स्थानीय निर्वाचनको टिकट वितरण भइरहेको थियो, टोपबहादुरलाई थाहै थिएन । माओवादी पृष्ठभूमिका मान्छेहरुले बादललाई फोन गर्छ कि प्रोत्साहन गरिदिनुस्, जित्ने मान्छे हामी हो टिकट दिलाइदिनुस् । तर जहाँ छलफल हुन्छ, त्यहाँ बादलजीको पहुँच हुँदैन ।

अहिलेको प्रत्यक्ष र समानुपातिकको लिस्ट नै हेर्नुहोस् । बादलजीले समाचारबाट थाहा पाउनुहुन्छ कि उहाँकी श्रीमती समानुपातिकको सूचीमा हुनुहुन्छ । आफूले कहाँबाट टिकट पाएको भन्ने पनि समाचारबाट थाहा पाउनुहुन्छ । यो बिडम्बना होइन र ! यो कमरेडहरुको पार्टी हो कि कारिन्दाहरुको पार्टी हो ?

अध्यक्ष पछिको उपाध्यक्ष हो, बादलजी । टिकट छनोट गर्ने टिममा उहाँ पर्नुपर्दैन ? दश भाइका सिनियर साथीहरु पर्नुपर्ने हैन ? अष्टलक्षीसँग पहिले सल्लाह गरेको भए चुनाव लड्दिनँ भन्नुहुन्थ्यो होला ? यसरी पनि पार्टी चल्छ ? कम्युनिस्ट सुदृढ हुन्छ ?

उपेन्द्र यादव र महन्थ ठाकुर ठूलै दलतिर लागेपछि मधेशमा नयाँ शक्ति बनाउन विद्रोह गर्नुभयो भन्ने टिप्पणीबारे के भन्नुहुन्छ ?

त्यो पनि होइन । किनकि मधेश आन्दोलन चलिरहँदा नै साप्रदायिकताबाट मधेश बन्न सक्दैन भन्ने मान्यता राख्थ्यौं । मधेशलाई न्याय दिन पहाडले पनि साथ दिनुपर्छ भन्यौं । किनकी जहिले पनि, जहाँ पनि लडाइँमा सही र गलत हुन्छ ।

विभिषण र रावण देख्यौं, कौरव र पाण्डव हेरेका थियौं । सुग्रिप र बाली हेर्यौं, प्रल्हाद र हिरण्य कश्यप हेरेका थियौं । एउटै बुवा र छोरा पनि दुईतिर हुन्छन् । कृष्ण र कंश हेरेका थियौं । पहाडमा पनि सही र गलत हुन्छ । तराईमा पनि गलत र सही हुन्छ । त्यसैले पहाडी र मधेशी भनेर विभाजन गर्न मिल्दैन ।

म त ठूलो पार्टी बन्नुपर्छ भन्ने मान्यता राख्छु । सानो पार्टी बनाएर, दुई चार वटा (सांसद) बनाएर यता र उता दौडाउने होइन, दह्रो पार्टी र दह्रो लिडरसीप खोजेको हुँ । सानो पार्टी बनाउनलाई त जहिल्यै पनि छुट छ नि !

उहाँले (उपेन्द्र यादव) क्षणिक लाभका लागि पहाडी र मधेशी भन्ने साप्रदायिकता भड्काउने कोसिस गर्नुभयो । त्यसको प्रतिवाद प्रभु साहले गर्दै आयो । गौर हत्याकाण्डसम्म पुग्नुभएको होइन ? उहाँले माओवादीमाथि आक्रमण गर्ने, माओवादीको कार्यालय तोडफोड गर्ने गर्नुभयो । त्यसको प्रतिवाद गर्दा कयौं अप्रिय घटना भए । हामी संघर्ष गरेर टिकेका हौं । मैले यो पनि ओलीजीलाई भनेको हुँ, प्रभु साहको पृष्ठभूमि हेर्नुभयो भने साप्रदायिकतासँग लडेर आएको छ । त्यसैले मैले बरु मित्रवत प्रतिस्पर्धा गरौं । अरुतिर गरिहाल्नुभयो, तर रौतहट जस्तो ठाउँमा मिसमास संभव छैन भनेको थिएँ ।

चुनाव पछि के गर्नु हुन्छ ?

अहिले जस्तो समीकरण हेरिरहनुभएको छ, चुनाव पछि यही स्थिति रहँदैन । त्यसमा आमूल परिवर्तन आउँछ । न यही पोजिसन रहन्छ, न यही सम्बन्ध रहन्छ, न यही परिवेश रहन्छ । त्यसपछि नयाँ ढंगले सोंचौंला नि !

 

देशमा स्थीरता चाहेका छौं । स्थीरताका निम्ति यस्तो जोखिम लिन्छौं भने भोलि पनि स्थिरताका लागि जे गर्नुपर्छ, त्यही गर्छौं । किनकि हामीलाई स्थीरता चाहिएको छ, संविधान चाहिएको छ । नेतृत्वप्रति एउटा जागृत विश्वास चाहिएको छ ।

तपाईं कम्युनिष्ट नै रहनु हुन्छ कि छोड्नु हुन्छ ?

मधेशवादले मधेश बनाउँदैन । कुनैपनि वाद जोड्नु हुन्छ भने त्यसले सीमितमा ल्याइहाल्छ । कुनैपनि विचार र दर्शनलाई खुम्च्याउनु हुँदैन । नेपाल समृद्ध भयो भने मधेश समृद्ध हुन्छ । हिजो यही मधेश हो, नेपाललाई दुई तिहाइ आर्थिक योगदान गर्ने । आज त्यही मधेश मानव विकास सूचकांकमा पछाडि परेको छ ।

हिजो त मधेशी नेता थिएन, तर पनि मधेश आर्थिक रुपमा समृद्ध थियो । हराभरा ठाउँ थियो । त्यो बेला शासक त पहाडकै थियो । त्यसैले पहाडले मधेश अनि मधेशले पहाड बनाउन नसक्ने कुरा हो र ? गर्नेले जहाँ पनि गर्छ । चोरलाई इंग्ल्याण्ड पठाए पनि चोर्छ, साधुलाई जहाँ पठाए पनि साधुकै काम गर्छ ।

त्यसो भए कतिपयले अनुमान गरेको जस्तो छुट्टै पार्टी बनाउनु हुन्न ?

पार्टी बनाउने भए त पहिल्यै नै बनाइसक्थें नि ! एउटा सानो पार्टी बनाएर देश बन्छ त ? म त ठूलो पार्टी बन्नुपर्छ भन्ने मान्यता राख्छु । सानो पार्टी बनाएर, दुई चार वटा (सांसद) बनाएर यता र उता दौडाउने होइन, दह्रो पार्टी र दह्रो लिडरसीप खोजेको हुँ । सानो पार्टी बनाउनलाई त जहिल्यै पनि छुट छ नि !

onlinekhabar.com

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १५:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid