April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेपाल वायुसेवा निगमका लागि तीन वटा जहाज किन्न बोलपत्र आह्वान

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:३५
नेपाल वायुसेवा निगमका लागि तीन वटा जहाज किन्न बोलपत्र आह्वान

काठमाण्डाै – नेपाल वायुसेवा निगमले तीनवटा नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले आज खुलाएको बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ तारिखसम्म छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभएको थियो ।

निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाएको मन्त्री किराँतीको भनाइ छ । नेपाल वायु सेवा निगमसँग अहिले आन्तरिक उडानमा दुई वटा ट्वीनअटर जहाज छन् ।

यस्तै, निगमले सुगम क्षेत्रमा उडान भर्नको लागि थप दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाउने तयारी रहेको बताएको छ । भएकै जहाज पनि सञ्चालन गर्न नसकेकाे निगम अहिले ४८ अर्ब रुपैयाँ ऋणमा डुबेको छ । तर मन्त्री किराँतीले निगमको अवस्था सुधारको लागि जहाज अनिवार्य रहेको बताउँदै आउनुभएको छ ।

निगमलाई बलियो बनाउन र अनियन्त्रित हवाईभाडा नियन्त्रणका लागि थप जहाज चाहिएको मन्त्री किराँतीले सार्वजनिक कार्यक्रमहरुमा बताउँदै आउनु भएकाे छ । निगमले भएकै जहाज पनि पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको छैन ।

निगमसँग अहिले दुईवटा वाइडबडी, दुई वटा न्यारो बडी, दुई वटा ट्वीनअटर गरी ६ वटा जहाज छन् । यसअघि किनिएका ६ वटा चिनियाँ जहाज १० वर्षदेखि ग्राउन्डेड छन् । नेपाल वायुसेवा निगमले सन् १९५८ देखि उडान थालेको हो । निगमको संरचनागत एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले सोल्टी होटलको शेयर बेचेर जहाज किन्न सुझाएको थियो ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक ५, २०८० ११:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।