May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्न दिदैनौं : माधव नेपाल

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:१६
चीनलाई घेरा हाल्न नेपाली भूमि प्रयोग गर्न दिदैनौं : माधव नेपाल
  • नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने
  • कार्यक्रममा चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध
  • चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि काम स्वीकार नगरिने

काठमाडौं ।।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिमेकी देश चीनलाई घेरा हाल्न नेपालको भूमि प्रयोग गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । चीनमा आयोजित दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाका राजनीतिक दलको संवाद कार्यक्रममा चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको बताएका हुन् । 

“नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको गहिरो एवम् इतिहास र संस्कृतिद्वारा बाधिएको छ । एउटा छिमेकी देशका रूपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौँ । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ । यो हार्दिक, घनिष्ट र समस्यारहित रहेको छ । समयको क्रमसँगै नेपाल र चीनको सम्बन्ध व्यापार, पूर्वाधार विकास, साँस्कृतिक आदान प्रदान र जनसम्बन्धका विविध क्षेत्रमा विस्तारित छन्,” नेपालले भनेका छन्, “यस क्षेत्रमा शान्ति र समृद्धि हासिल गर्ने लक्ष्य भएको हाम्रो दिगो सम्बन्धलाई कूटनीतिक सम्बन्धले थप बलियो बनाएको छ भने यो मित्रता भौगोलिक सीमारेखा र साँस्कृतिक भिन्नताभन्दा माथि उठेको छ । हामी दुवै एक अर्काको चासो र चिन्ता प्रति सचेत छौँ । नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम् नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिन प्रतिबद्ध छ ।” 

साथै हङकङ, ताइवान लगायतका विषयमा चीन सरकारसँगै रहेको बताएका छन् । नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि काम स्वीकार नगरिने बताए । “हङकङ, ताइवान लगायतका विषयमा हामी चीन सरकारसँगै रहेका छौँ । पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति हामी सचेत छौँ । नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौँ,” नेपालले भनेका छन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १५:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट