March 26, 2023 | आइतवार, चैत्र १२, २०७९
सुचनाहरु
पदम लिम्बुलाई सहिद घोषणा गर्न सांसद अशोक राईको माग प्राधिकरणको कारबाही : तीन एटीसी निलम्बित खानेपानीको ट्याङ्कीमा शव फेला रास्वपालाई ३, कांग्रेसलाई ८ मन्त्रालय– भोलिसम्म पूर्णता दिने उपराष्ट्रपति भएपछि रामसहाय यादव पहिलो पटक गृह जिल्लामा (तस्बिरहरू) नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माणमा प्राधिकरणको ताकेता रुसले बेलारुसमा रणनीतिक हतियार परिचालन गर्ने माओवादीका मन्त्रीले दिए राजीनामा, कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जनाको हस्ताक्षर राजनीतिक अस्थिरताकै कारण व्यवसायी संकटमा साबिककै मन्त्रालयहरू पाएमात्रै सरकारमा जाने रास्वपाको अडान देशलाई अनुशासित र स्वच्छ प्रहरी आवश्यक छः गृहसचिव सिंह ट्युनिसिया डुङ्गा दुर्घटना हुँदा ९ आप्रवासीको मृत्यु, ६७ जना बेपत्ता प्रहरीको व्यावसायिक सक्षमतालाई अभिवृद्धि गरिने सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय छ : मुख्यमन्त्री शर्मा जगदम्बा जीतपुरसिमरा गोल्डकप : मकवानपुर सेमीफाइनलमा प्रवेश विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न उपेन्द्र यादव भन्छन्- बारामा उपनिर्वाचन लड्नुपर्ने जोड छ, मैले निर्णय गरिसकेको छैन अहिलेको सरकार विदेशी हस्तक्षेपबाट बनेको एमाले उपाध्यक्ष पौडेलको दावी आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे

मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:४४
मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आग्रह

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ लाई कसरी अपाङ्गता मैत्री बनाउन सकिन्छ भन्ने विषयमा व्यापकरूपमा छलफल भएको सहृदयी मञ्च तनहुँ नेपालका अध्यक्ष सावित्री सुवेदीले जानकारी दिइन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालसँग अपाङ्गता मैत्री निर्वाचन प्रणाली, मतदाता शिक्षा, अपाङ्गता मैत्री मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा मतदान केन्द्रसम्म पुग्नका लागि सवारी पासको व्यवस्था हुनुपर्ने जानकारी गराइएको उनले बताइन् ।

व्यास नगरपालिका वडा नं २, ३ र ४ का मतदान केन्द्र अपाङ्गता मैत्री भए÷नभएको स्थलगत अवलोकनसमेत गरिएको अपाङ्गता अधिकारकर्मी मदन पौडेलले जानकारी दिए । सो अवसरमा जिल्ला निर्वाचन अधिकृत ढकालले निर्वाचन मतदान केन्द्र अपाङ्गता मैत्री बनाउन आवश्यक पहलकदमी भइरहेको उनले बताए ।


उक्त कार्यक्रममा सहृदयी मञ्च तनहुँ नेपालका सचिव कृष्ण थापा, रिसेड तनहुँका उपाध्यक्ष ईश्वर बाँस्तोला, सदस्य किशोर न्यौपाने र यम राई अपाङ्गता महिला सशक्तीकरण समाज तनहुँको सदस्य जानुका खनाललगायतको सहभागिता थियो ।

  • साझा परिवेश
  • शनिबार, अशोज २९, २०७९ 0९:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट