May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १५:५५
ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै

काठमाडौँ । हालैका दिनमा म्यासेजिङ एप ह्वाट्सएपले एक पछि अर्को गर्दै फिचरहरुमा काम गरिरहेको छ । एपले अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने फिचरमा काम गरिरहेको छ ।

यस नयाँ फिचरबारे लिक रिपोर्टहरू आइरहेका छन् । यो फिचर रिलिज भएपछि फोटो, भिडियो, म्युजिक र डकुमेन्ट अफलाइन पनि सेयर गर्न सकिने बताइएको छ ।

यस नयाँ फिचरको जानकारी ह्वाट्सएपको फिचर ट्र्याक गर्ने वाभेटाइन्फोले दिएको हो । इन्टरनेट नभएको अवस्थामा शेयर गरिएका फाइलहरू पनि इन्क्रिप्टेड र सुरक्षित हुने दाबी आफ्नो रिपोर्टमा वाभेटाइन्फोले गरेको छ । नयाँ फिचरको स्क्रिनसट पनि सार्वजनिक गरिएको छ ।

ह्वाट्सएपको यो आगामी फिचर अहिले बिटा परीक्षणमा रहेको बताइएको छ । नयाँ सुविधा एन्ड्रोइडको नियरबाई (क्विक शेयर)प्रणालीमा काम गर्नेछ । यसको ब्लुटूथको सहायताले नजिकै रहेका दुई डिभाइसबीच फाइलहरू शेयर गर्न कनेक्शन बनाउँछ ।

यो फिचरको लागि तपाईले ह्वाट्सएपलाई आफ्नो फोटो ग्यालरीमा पहुँच दिनु पर्नेछ भने लोकेशनबारे जानकारी राख्न पनि अनुमति दिनु पर्नेछ । ह्वाट्सएपमा आउन लागेको यो फिचरले एप्पलको एयरड्रप, सेयरआईटी र गुगलको क्विक सेयर जस्तै काम गर्नेछ । यस प्रविधिमा, फाइलहरू सेलुलर इन्टरनेट र वाईफाई बिना साझेदारी शेयर गर्न सकिन्छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ११, २०८१ १५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।