काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विष्फोट घटनाको स्थलगत अनुगमन गर्न टोली पठाइ अनुगमन सुरु गरेको छ।
कालीकोट तिलागुफा नगरपालिका–१० मा यही कात्तिक १२ गते बम विष्फोटमा परी दुई बालिकाको मृत्यु भएकोे थियो भने तीन जना बालबालिका घाइते भएका थिए। घटना सम्बन्धमा सम्बन्धित निकायमा पत्राचार गरी अनुगमनसमेत सुरु गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।