April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

हत्यारालाई कारवाहीको माग गर्दै सडक अवरुद्ध

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १३:१९
हत्यारालाई कारवाहीको माग गर्दै सडक अवरुद्ध
  • मासु व्यवसायी कासिद अन्सारी मृत्यु प्रकरण
  • सडक अवरुद्ध गरेर प्रदर्शन
  • मासुको बाँकी रकम करिब ४० हजार रुपैयाँ लिन आउँदा
  • होटलमा कुटपिट गरी हत्या गरेको दाबी

विराटनगर ।।

मासु व्यवसायी कासिद अन्सारी मृत्यु प्रकरणको अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त र स्थानीयले रंगेली-विराटनगर सडक अवरुद्ध पारेका छन् । र्यापर गिरिश खतिवडाले सञ्चालन गरेको होटल जी क्याफे एण्ड विस्त्रोमा असार ३ गते घाइते भएका अन्सारीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

अन्सारीको मृत्युपछि आफन्तले गायक खतिवडा र होटलका दुई कर्मचारीविरुद्ध कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । प्रहरीले आरोपीलाई पक्राउ नगरेको भन्दै सोमबार आफन्त र स्थानीयले रंगेली विराटनगर सडक खण्डको कर्सिया बजार क्षेत्रमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् ।

असार ३ गते जी क्याफे एण्ड विस्त्रोमा मासु  पुर्याउन आएका अन्सारी होटलमा घाइते भएका थिए । सिसाले काटेर तिघ्रामा गहिरो चोट लागेपछि उनलाई कोशी अस्पताल हुँदै उपचारका लागि विराट नर्सिङहोम लगिएको थियो । नर्सिङहोममा उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको थियो ।

रहस्यमय मृत्यु प्रकरणमा पीडित किटानी जाहेरी दिँदासमेत अनुसन्धान नगरेको आफन्तको गुनासो छ । मृतक अन्सारीका भाइ माजिद अन्सारीले मृत्यु भएको एकसाता वितिसक्दासमेत प्रहरीको आरोपीलाई पक्राउ नगरेको बताए । आफन्तले घटनाको निष्पक्ष छानबिनका लागि सीआईबीको टोली माग गरेका छन् ।

पीडित परिवारले गिरिश खतिवडासँगै क्याफेमा कार्यरत करण राजवंशी, अनुराग राउतविरुद्ध कर्तव्य ज्यान गरेको दाबीसहित किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले घटनाको निष्पक्ष छानविन भइरहेको बताए । पोष्टमार्टम रिपोर्ट आइसकेपछि घटनाको विस्तृत विषय खुल्ने उनले बताए ।

प्रहरी स्रोतका अनुसार होटलमा लगाएको सिसामा ठोक्किंदा सिसाले मृतकको तिघ्रामा गहिरो चोट लागेको थियो । आफन्तले भने मासुको बाँकी रकम करिब ४० हजार रुपैयाँ लिन आउँदा होटलमा कुटपिट गरी हत्या गरेको दाबी गरिरहेका छन् ।

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १३:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।