sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

लबस्तराे राष्ट्र बैंक ! जनताकाे ढाड सेक्दै, उद्योगी व्यवसायी आन्दोलित

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २२, २०७९ १९:१५
लबस्तराे राष्ट्र बैंक ! जनताकाे ढाड सेक्दै, उद्योगी व्यवसायी आन्दोलित


ताप्लेजुङ ।। कोभिड १९ को महामारीको कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भयो । आर्थिक गतिविधिमा आएका शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे । जसको कारण न्यून आय भएका वर्गका मानिसहरुका जीवनयापन कष्टकर बन्न पुगेको छ । एकातिर रुस युक्रेन युद्धका कारण आपुर्तिमा ल्याएको अवरोधले पेट्रोलियम पदार्थ लगायत विभिन्न सामानहरुको मूल्य आकासिएको छ भने अर्कोतिर वित्तिय क्षेत्रमा तरलताको अभाव भई बैंकहरुको कर्जा प्रवाह सुन्यप्रायः रहेको छ । संकटग्रस्त अवस्थामा गुज्रिरहेको उद्योग व्यवशायीको ढाड सेक्नेगरी बैंक तथा वित्तिय संस्थाहरुले गरेको व्याजमा चर्को बृद्धिले नेपालको उद्योग व्यवशाय धारासायी बनिरहेको छ ।
यसरी अप्रत्यासित रुपमा बैंकका व्याजमा भएको बृद्धिले उद्योग वाणिज्य महासंघ लगायत जिल्ला उद्योग वाणिज्य संघहरु आन्दोलित हुन पुगेका छन् । यसै क्रममा ताप्लेजुङ उद्योग वाणिज्य संघले आज प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ भने ताप्लेजुङमा भएका सबै बैंकका शाखाहरु मार्फत बैंकका केन्द्रिय कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । आन्दोलनको कार्यक्रम राष्ट्रव्यापी भएको र यसको सुनुवाई नभए आन्दोलनका थप कार्यक्रम गर्न उद्योगी व्यवशायी बाध्य हुने कुरा ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले जानकारी दिनु भयो । भोली २३ गते कालो व्यानर सहित मौन ¥याली ताप्लेजुङ बजार परिक्रमा गर्ने कार्यक्रम रहेकोले सम्पूर्ण उद्योगी व्यवशायीहरुलाई उपस्थितिको लागि अध्यक्ष थापाले अनुरोध समेत गर्नुभएको छ । व्याजको दर सिंगल डिजिटमा भए मात्र बैंकको व्याज र किस्ता बुझाउन व्यवशायीहरुलाई सहज हुने ताप्लजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले बताउनु भयो । व्यवशायीहरुलाई ८ प्रतिशतमा ऋण लिन अनुरोध गरेको बैंकको व्याजदर हाल डबल डिजिटको उच्चत्तम विन्दुमा पुगेको दुखेसो समेत व्यवशायीले गरेका छन् ।
उता प्रमुख जिल्ला अधिकारी मोहन कुमार पोख्रेलले स्थानिय स्तरमा के गर्न सकिन्छ भनी चासो व्यक्त गर्नका साथै सम्वन्धित निकायमा यथाशक्य चाँडो आफुले सक्दो पहल गर्ने जानकारी गारउनु भयो । बैंकका शाखा प्रवन्धकहरुले व्यवशायीको माग जायज रहेको भन्दै आफुले केन्द्रिय कार्यालयमा ज्ञापन पत्र इमेल मार्फत पठाउने जानकारी गराएका छन । नेपाल भित्रका ७७ जिल्लामा बिराेध गरेका छन् । हाल सहकारी संस्थाहरुले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउँने राष्ट्र बैंककाे नीति अगाडि (क) वर्गका बैंकहरुले १८ प्रतिशत सम्म ब्याज लिएर उपभोक्ताहरुकाे ढाड सेकिरहेकाे देख्दादेख्दै पनि राष्ट्र बैकले आफ्नाे नीति सार्वजनिक गर्नु नसक्नु लबस्तराे भएर बसिरहेकाे देखिन्छ । जसको जवलन्त उदहारण न्युराेड रञ्जना गल्लीका एक ठुला व्यापारीले आत्महत्या गरेकाे जवलन्त उदहारणका रुपमा लिन सकिन्छ । बैंक हरुकाे आ आफ्नाे मनाेपाेलि ब्याजदर घटाउने बढाउँने पनि हाल लाेकतन्त्रमा दिउँसै दादागिरी भन्दा फरक नपर्ला ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २२, २०७९ १९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid