December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

विश्वकप छनाेटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेकाे यमनसँग खेल्दै

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:२३
विश्वकप छनाेटमा नेपालले आफूभन्दा १७ स्थान माथि रहेकाे यमनसँग खेल्दै

काठमाण्डाै – फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मङ्गलवार यमनसँग खेल्दैछ ।

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा हुने खेल भोलि बेलुकी ७ बजेपछि शुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि यूएईसँगकाे खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनसँगकाे खेलमा नेपालले जित निकाल्ने बताए ।

गएकाे कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल यूएईसँग ४–० काे गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले यूएईसँगकाे खेलमा हार बेहाेर्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरू यमनसँग खेल्न मनोवैज्ञानिकरूपमा समेत तयार रहेको प्रतिक्रिया दिए ।

फिफा वरीयतामा यमन नेपालभन्दा १७ स्थान माथि छ । वरीयतामा नेपाल १७३ औँ स्थानमा छ भने यमन १५६ औँ स्थानमा रहेको छ । नेपाल र यमनबीचकाे खेल हेर्न साधारण प्याराफिटतर्फ चार सय र भीआईपी प्यारापिटतर्फ एक हजार रुपैयाँ तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

विश्वकप एसिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ४, २०८० १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।