काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरपछि सत्ता गठबन्धनको सरकार नबन्ने दाबी गरेका छन्।
बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई फुटेका हाँडीका टुक्रासँग तुलना गरेका छन ।
उनले भने, ‘अब देशलाई फुटेका हाँडीका खपटाहरुलाई जोडेर कुनै सरकार बन्नेवाला पनि छैन। फुटेका हाँडीका खपटा जोडेर चारतिर फर्किएकाहरुबाट कुनै काम पनि हुनेवाला छैन। अब देशलाई एउटा सुदृढ राष्ट्रिय शक्ति आवश्यक छ। ´