April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

निर्वाचन आचार संहिताको धज्जि उडाउँदै जनप्रतिनिधिहरु : सुनसरीका प्र.जि.अ. भन्छन्, : `माथी आयोग मै उजुरी गर्नुस्´ 

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १५:२४
निर्वाचन आचार संहिताको धज्जि उडाउँदै जनप्रतिनिधिहरु : सुनसरीका प्र.जि.अ. भन्छन्, : `माथी आयोग मै उजुरी गर्नुस्´ 


साझा डेक्स
नेपाली काँग्रेसबाट पाँच पाँच पटक प्रधानमन्त्री भएका स्व.गिरिजा प्रसाद कोइरालाको चुनावी निर्वाचन क्षेत्र सुनसरी नै रहँदै आएको थियो । आउँदो मंसिर ४ मा हुने आम निर्वाचनमा निर्वाचन आचार संहिता उल्लंघन गर्दै गरेको देखेर पनि मौन बसिरहेको छ जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादव । सन्दर्भ आउँदो मंसिर ४ गते हुने आम निर्वाचनको हो । सुनसरी ३ नं. र ४ नं. मा हेभी वेटका नेताहरुको भिडन्तले सुनसरी निर्वाचन क्षेत्र नं. ३ र ४ लाई हेर्ने दृष्टिकोणमा रोचकता थपिदै आएको छ । गएका ०७४ को निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा मतगणना बत्तीका कारण देखाई रोकेर नेकपा एमालेकी भगवती चौधरीलाई हराई नेपाली काँग्रेसका प्रभावशाली नेता विजय कुमार गच्छेदारलाई जिताइएको थियो । यो कुरा सर्वविदितै पनि छ । सो कुराको मुद्दा सर्बोच्च अदालतमा हाल सम्म किनारा नलागी सकेको अवस्था छ । सोही क्षेत्रमा पुन ः पनि एमालेबाट भगवती चौधरी र नेपाली काँग्रेसबाट विजय कुमार गच्छेदारको उम्मेदवारी रहेको छ । सो क्षेत्रलाई केन्द्रले पनि सुक्ष्म तरिकाले हेरिरहेको छ । सोही क्षेत्रको स्थानियबासीहरु मा भगवती चौधरीको उम्मेदवारीले हर्ष छाएको एक स्थानिय रुद्र खड्काले साझा परिवेशलाई बताएका छन्।
सुनसरी निर्वाचन क्षेत्र नं. ४ को अवस्था पनि ३ को भन्दा गतिलो देखिदैन । एकजना बहालवाला मन्त्री र अर्काे एकजना प्रदेश सभाको पूर्व मन्त्रीको उम्मेदवारीले यहाँको माहौल प्रत्येक मिनेट ताती रहेको देखिन्छ । तथापी दुई दुई जना मन्त्री भएका यस क्षेत्रमा विकासले अझै निकास पाउन नसकेको केही बुद्धीजिविहरुको कथन सुन्न पाइन्छ । दुई जना हेभी वेटका नेताहरुको उम्मेदवारीले मंसिर ४ को चुनावमा केही न केही कुराको धार नै परिवर्तन गर्न सक्ने अनुमान लाउन सकिन्छ । गएको २०७४ को निर्वाचनमा नेकपा एमालेको प्रतिद्वन्दीलाई पछार्दै विजय हासिल गरेका प्रतिनिधि सभाका माननिय तथा हालका सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आफ्नो विजय हासिल गरेका थिए भने आउँदो मंसिर ४ को निर्वाचनको लागि पुनः कार्कीकै उम्मेदवारी रहेको छ भने नेकपा एमालेबाट प्रदेश सभाका मन्त्री खाई सकेका पूर्व मन्त्री जगदीश कु्सियैतको उम्मेदवारी रहेको छ ।
देउवाको निकटतम मानिएका मन्त्री कार्कीको आड्मा कार्कीकै निर्वाचन क्षेत्रमा पहुँच र पावर कै आधारमा जनप्रतिनिधिहरुले आचार संहिताको धज्जी उडाइरहेको पाइएको छ भने जि.प्र.का. सुनसरी मौन बसेको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा पर्ने हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँ अन्सारी आचार संहिता उल्लघंनमा पहिलो नम्बरमा पर्दछन् । कर्मचारीहरुलाई धर्काई धर्काई राख्ने, अफिसमा कराएर नै बस्ने हक्की स्वभाव मानिएका गफार मियाँ अंसारी आफ्नै गाउँपालिका भित्र भोट माँग्दै गरेको फोटो तथा भिडियो स्थानिय केही पत्रपत्रिका तथा अनलाईन मिडियाहरुमा प्राथमिकताका साथ समाचार राखेको देख्न सकिन्छ । आचार संहिताको केही सामान्य ज्ञान पनि नभएका केही सञ्चार मिडियाहरु पत्रकारिता भन्दा पनि पार्टीकारिता गर्दै गरेको बुझ्न सकिन्छ । किनभने स्थानिय जनप्रतिनिधिहरुले आफ्नै गाउँपालिका नगरपालिका भित्र भोट माँगेको दृश्यलाई आफ्नो मिडिया मार्फत प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुलाई र आचार संहिता उल्लघंन भएको भन्न नसक्नु लाई उनको पार्टीकारिताबाट चिनिन्छ ।
अब लागौं हामी इनरुवा नगरपालिका तिर, गएको स्थानिय निर्वाचनमा आफ्नो प्रतिद्वन्दी नेकपा एमालेको सरोज पोखरेललाई हराउँदै नेपाली काँग्रेसबाट नगर प्रमुख भएका केदार भण्डारीले आफ्नै नगर भित्र मन्त्री कार्कीको लागि भोट माँग्दै गरेको दृश्य हामीले कैद ग¥यौं । भण्डारीले नगर प्रमुखको कार्यभार समालेकै केही दिनमै करारका ५० जना भन्दा बढी कर्मचारीहरुलाई कामबाट निकाला गरी विकासको पहिलो हैट्रीक हानेका थिए भने भण्डारी अधिवक्ता पनि हुन् । स्थानिय मिडियामा फेसबुकबाट लेखेर वा बोलेर विकास हुँदैन । आउनुुस् हात्तेमालो गरेर विकास गरौं भन्ने भण्डारीले स्वयं आफ्नै नगरमा हातेमालो गरेर भोट माँग्दै गरेको देख्न सकिन्छ । यता जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता इनरुवा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् भने हाल उनी पनि भोट माँग्दै हिडेको केही तस्विरहरु हामीले सुरक्षित राखेको छौं । वर्तमान इनरुवा नगर प्रमुख भण्डारीले कर्मचारी सहित लिएर भोट मागेको एक तस्विर पनि हामी सँग सुरक्षित छ । यही चुनावको आचार संहिता तथा निर्वाचनको विषयमा हामीले सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई केही जिज्ञासा राख्दा आचार संहिताको उल्लघंन भएको छैन भन्ने तर्क वहाँले राख्नु भएको थियो । फेरी पनि हामीले सम्पूर्ण कुरो जानकारी गराउँदा तपाई कुनै व्यक्ति विशेष पार्टीलाई इन्डिकेट नगर्नुस् भन्ने कुरा समेत भन्न भ्याउनुभयो । साथै प्रमुख जिल्ला अधिकारी यादवले तपाई टिप्नुस् भन्दै सुनसरी क्षेत्र नं. २ का प्रदेश सभाका उम्मेदवार नेकपा एमालेका रामप्रसाद मेहताका भाई टे«ड युनियन सुनसरीका प्रमुख चिनेश्वर मेहताले पनि भोट माँग्दै हिड्दै गरेको छ । तपाई समाचार बनाउनुस् भन्ने सम्मका कुरा उहाँले भन्नुभयो । हामीले समाचार सबैको बन्छ भन्दा ठिक छ तर कुनै दल वा व्यक्तिको लागि लविङ्ग नगर्नुहोला भन्ने प्र.जि.अ. यादवसँग थप कुरा बुझ्न खोज्दा तपाई माथी आयोग मै गएर उजुर बाजुर गर्नुस् भन्न भ्याएका थिए । सुनसरी क्षेत्र नं. ४ को विषयमा केही कुरा सुन्न नमान्ने ज जसले आचार संहिता उल्लघंन गरे पनि कार्वाही गर्न नसक्ने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उल्टै आयोग मै गएर उजुर बाजुर गर्नुस् भन्ने कुराले सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकार इन्द्रदेव यादवको काम कर्तव्य माथी उनी स्वयंले प्रश्नवाचक चिन्ह लगाउँदै छन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट