मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् ।

गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१ हजार ११५ मतप्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलले १९ हजार ५ सय मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ओमनाथ भण्डारीले ६ हजार १२६ मत प्राप्त गरेका छन् । क्षेत्र नं। १ का अब १८ हजार २६७ मत गणना हुन बाँकी छ ।