sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ९, २०७९ १८:१५
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

धनगढी । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो । ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी उमेदवार बीना मगर, कैलाली क्षेत्र नम्बर–२ बाट सोही पार्टीका भगत बढुवाल, कैलाली–३ बाट माओवादी केन्द्रकै कृष्णकुमार चौधरी र बैतडीबाट सोही पार्टीका नरेन्द्र कुँवर पराजित भएका हुन् ।

कञ्चनपुर–१ बाट नेकपा (एमाले)का उमेदवार तारा लामा तामाङ निर्वाचित भए । उनले २४ हजार ८९२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी मगरले १९ हजार ३४६ मत प्राप्त गरिन् ।

कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरुणकुमार चौधरी २१ हजार ८७१ मत ल्याउँदै निर्वाचित भए । यहाँ माओवादी केन्द्रका भगत बढुवाल १५ हजार ११६ मतसहित तेस्रो स्थानमा रहे ।

कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार गंगाराम चौधरी २३ हजार १२० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए ।

बैतडीबाट नेकपा (एमाल)ेका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका दामोदर भण्डारी निर्वाचित भए । उनले ३३ हजार ६११ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र कुँवर ३२ हजार ८० मत पाए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ९, २०७९ १८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid