February 25, 2024 | आइतवार, फाल्गुन १३, २०८०
सुचनाहरु
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्वित झापामा लागुऔषसहित २ जना पक्राउ क्यानले गर्‍यो भूकम्प पीडितलाई २० लाख सहयोग वडावासीलाई चितवन मेडिकल कलेजको उपचारमा ५० प्रतिशत छुट सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा बढ्दो कोरिया क्रेज श्रम मन्त्रालयको पुनर्संरचना सुरु अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए अमेरिकामा नायिका रेखा थापाले जन्माइन् छोरी गाँजा र कोदोको रक्सी खुला गर्ने नीति बनाउन सांसद चन्द्र भण्डारीको माग गैरहाजिर भएका १८ जना प्रहरीलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सुनको मूल्य घट्यो सात महिनामा ८ अर्बको चिया र कफी निर्यात बैंकको ब्याज एकल अंकमा झार्नुपर्छ : राजेन्द्र लिङ्देन नामिबियासँग नेपाल दुई विकेटले हार्‍यो सीतापाइलामा आमा र दुई छाेरीकाे हत्या, श्रीमान् पनि झुन्डिएकाे अवस्थामा मृत भेटिए लघुवित्त र सहकारी पीडितका प्रतिनिधिसँग प्रधानमन्त्रीले- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ ‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङले भने, ‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

हेर्नुहोस्, २०७९ साल मङ्सिर १३ गते मंगलबारको राशिफलमा तपाईँको भाग्य

  • साझा परिवेश
  • सोमवार, मंसिर १२, २०७९ २२:00
हेर्नुहोस्, २०७९ साल मङ्सिर १३ गते मंगलबारको राशिफलमा तपाईँको भाग्य

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १३ गते मंगलबार इश्वी सन २०२२ नोभेम्वर २९ तारीख मार्गशीर्ष शुक्ल पक्ष षष्ठी तिथी श्रवण नक्षत्र धु्रव योग तैतिल करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डो
ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कन्या राशि टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ ।

तुला राशि र, रि, रु, रे, रो, ता, ति, तु, ते
ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

धनु राशि ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मकर राशि भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, द
झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

  • साझा परिवेश
  • सोमवार, मंसिर १२, २०७९ २२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।