April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भ्रष्ट्रचारीको संरक्षण गरेर निष्पक्ष छानबिन हुन सकेन : शङ्कर पोखरेल

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० ११:0७
भ्रष्ट्रचारीको संरक्षण गरेर निष्पक्ष छानबिन हुन सकेन : शङ्कर पोखरेल
  • ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको
  • सुशासनकै नाममा भ्रष्ट्रचारीको संरक्षण गरेको आरोप
  • उच्च स्तरीय छानबिन समिति गठनको माग
  • निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप

सुर्खेत ।।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धनको सरकारले ‘सुशासन अभियान’को नाममा भ्रमको खेती गरेको आरोप लगाएका छन् ।बुधबार बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले सरकारले सुशासनकै नाममा भ्रष्ट्रचारीको संरक्षण गरेको आरोप लगाए ।

‘अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ रु नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको अनुसन्धान र सुनकाण्डलाई हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने रु यी सबै काम सरकारकै डिजाइनमा भएको प्रष्ट देखिन्छ,’ महासचिव पोखरेलले भने, ‘दण्डित हुनुुपर्ने सरकार सुशासनको नाम दिएर भ्रमको खेती गरिरहेको छ ।’

उनले सुनको अवैध कारोबार गर्न पशुपति सुन काण्ड बाहिर ल्याइयो आरोपसमेत लगाए । ‘दुई महिना अघि नक्कली कम्पनी खडा गरेर हंङ्ककङ्गबाट पानितान्ने पम्प र ब्रेक सुलाई जहाज चढाएर ल्याउने पर्ने कारण सुन तस्करीकै लागि रहेछ । ब्रेक सुको तौल कति हुन्छ भनेर भन्न नपाइने, अध्यागमनमा समातिएको सामान तीन दिनपछि हराउँदा पनि हामीले मान्नू पर्ने ? ’ उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यो प्रकरणमा सत्तापक्ष नै संलग्न छ भन्ने कुराको निष्कर्षका आधारमा हामीले उच्च स्तरीय छानबिन समिति गठनको माग गरेका हौं ।’

पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ । ‘नक्कली भुटानी शरणार्थी मुद्दामा गृहको नक्कली प्रतिवेदनका आधारमा एमालेमाथि आरोप लगाउने काम गरियो । सक्कली प्रतिवेदन भेटिएपछि यो सेलायो तर बाहिर सरकारले नक्कली प्रतिवेदनका आधारमा भ्रम सिर्जना गरियो,’ उनले भने ।

ललिता निवास प्रकरणको घरमा मुछिएकाहरूलाई घर घरमा गएर अनुसन्धान तथा बयान लिएकोमा पनि उनले सीआईबीको आलोचना गरे । उनले थपे, ‘मुख्यव्यक्तिहरुको छानबिन सुरु हुने कुरा भयो । राय सुझावका आधारमा अनुसन्धान गर्ने नाटक गरियो । घरमा गएर अनुसन्धानदाता आफैंले निष्कर्ष निकालेर अनुसन्धान अघि बढ्यो । यो कस्तो अनुुसन्धान हो ?’

फरक प्रसंगमा महासचिव पोखरेलले एमाले कर्णालीको नेतृत्वको विकास हुन अपरिहार्य रहेको बताए । ‘सापेक्षरुपमा कर्णालीबाट पार्टीको स्थायी कमिटीमा यामलाल कँडेल र गोरखबहादुर बोगटी हुनुहुन्छ । उहाँकाहरुको योगदान असाधारण छ । उहाँहरुलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न सकियो कि सकिन भन्ने प्रश्न स्वभाविक हुन्छ,’ उनले भने, ‘त्यसका लागि व्यक्ति स्वयम आफै भूगोलमा भन्दा राष्ट्रिय विषयमा उभिन आवश्यक हुन्छ । त्यसमा पार्टी नेतृत्वले सहयोग गर्नुपर्छ ।’

 

  • साझा परिवेश
  • बुधबार, भदौ ६, २०८० ११:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।