sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दशगजा क्षेत्रबाट मदिरा पसल हटाउन निर्देशन

  • साझा परिवेश
  • आइतवार, मंसिर २५, २०७९ १२:५५
दशगजा क्षेत्रबाट मदिरा पसल हटाउन निर्देशन

विराटनगर । विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा पर्ने चारवटा मदिरा पसल बन्द गर्न वडा कार्यालयले व्यवसायीलाई निर्देशन दिएको छ । स्थानीयको माग अनुसार विराटनगर–१७ का वडाअध्यक्ष समिम कमरले दशगजा क्षेत्रमा रहेका मदिरा पसल आगामी पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिनु भएको हो ।

वडा कार्यपालिकाको मङ्सिर २० गते बसेको बैठकले विराटनगर–१७ को राइसमिल टोल, मर्टेवा टोलको पश्चिम नेपाल–भारत दशगजा क्षेत्र तथा प्रहरी पोष्ट पूर्व २०० मिटर दुरीमा पर्ने मदिरा पसल बन्द गर्ने निर्णय गरिएको थियो ।

दशगजा क्षेत्रमा सोमराज बैठा, धिरज साह, कमल साह र विपिन बैठाले मदिरा बिक्री पसल सञ्चालन गर्दै आएका छन् । भारतको बिहारमा मदिरामा कडाई गरिएपछि नेपालतर्फ सीमा क्षेत्रमा मदिरा पसल खोल्ने क्रम बढेको छ । जसका कारण साँझ परेपछि भारतीय नागरिकहरु खुल्ला सीमाबाट आउने र अपराध तथा सामाजिक विकृती बढ्ने चिन्ता बढेको भन्दै स्थानीयले तत्काल मदिरा पसल बन्द गराउन आग्रह गरेका थिए ।

स्थानीयले वडा अध्यक्षलाई ज्ञापनपत्र बुझाएर दशगजा क्षेत्रमा खुलेका होटलबाट सामाजिक सद्भावमा असर गरेको भन्दै बन्द गराउनका लागि माग गरेको केहिदिनमै वडा कार्यालयले पुस ५ गतेसम्मको समय सीमा तोकेर स्थान्तरणको विकल्प वा बन्द गर्नका लागि निर्देशन दिएको छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २५, २०७९ १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid