काठमाडौं । देशभर आज सामान्यतया मौसम सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
“बिहानको समयमा तराईमा केही समय यता हुस्सु र कुहिरो लाग्दै आएको छ । आज पनि हुस्सु र कुहिरो छ,” मौसमविद् रोजन लामिछाने भन्छन्, “तर, घाम लाग्दै गएपछि हुस्सु र कुहिरो पनि हट्दै जानेछ ।”
काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ५.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने लामिछानेले जानकारी दिए ।
नेपालको मौसमी प्रणालीमा केही समय यता कुनै उल्लेख्य प्रणाली नरहेकाले हिमपात र वर्षाको सम्भावना रहेको छैन ।