April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

झापाको गौरिगंजबाट सशस्त्र प्रहरीले बरामद गर्यो बिष्फोटक पर्दार्थ पटका

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:0२
झापाको गौरिगंजबाट  सशस्त्र प्रहरीले बरामद गर्यो बिष्फोटक पर्दार्थ पटका

झापा : झापाको गौरिगंजमा सशस्त्र प्रहरीले बिष्फोटक पदार्थ पटका र बिडि बरामद गरेको छ । सीमा सुरक्षा प्रहरी वल गौरीगंजको सुरक्षाकर्मीको गस्ती टोलीले गौरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित हुक्कागाछी चौक पुर्व कारी अन्सारीको घरबाट विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।

सशस्त्र सीमा प्रहरी बल गौरीगंजका डिएसपी विष्णुहरी घिमिरेको नेतृत्वमा खटी गएको टोलीले आज विहान करिब ८ बजे ३ लाख मुल्य बराबरको पटका र विडी बरामद गरेको हो ।

प्रहरी टोलीले अवैधरूपमा भारतबाट नेपाल ल्याई अन्सारीको घरको कोठामा राखिएको अवस्थामा बरामद गरेको थियो ।

अवैधरूपमा भारतबाट ल्याएको ३ बोरा पटाका र १ बोरा बिडी कोठामा ताल्चा लगाइएको अवस्थामा शसस्त्र प्रहरीको टोलीले सुइको पाएपछि छापा मार्दा उक्त परिणामको पटाका र बिडि फेला पारेको थियो ।

बरामद गरिएको उक्त परिमाणको पटाकालाई जिल्ला स्थित सशस्त्र प्रहरी बलको हेडक्वाटरमा नष्ट गरिने सशस्त्र प्रहरीका डिएसपी विष्णहरी घिमिरेले बताएका छन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १५, २०८० १0:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।