sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण यात्रुलाई दिनभर सास्ती

  • साझा परिवेश
  • शुक्रबार, पुस १, २०७९ 0९:४३
नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण  यात्रुलाई दिनभर सास्ती

काठमाडौं । नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण यात्रुले पटक-पटक सास्ती भोग्नुपरेको घटना नयाँ होइन । बुधबार र बिहीबार निगमको सेवा लिन पर्खेका ९०० यात्रुले पाएको सास्ती त पछिल्लो उदाहरण मात्र हो ।

निगममा कार्यरत १९० हाराहारी क्याबिन क्रुले (हवाई सेवा दिन आवश्यक कर्मचारी) बुधबारदेखि सुरु गरेको आन्दोलनका कारण बिहीबार निगमका तीनवटा उडान प्रभावित भयो । बिहीबार साँझ क्याबिन क्रुको समस्या अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै ‘क्याबिन क्रु’ काममा फर्किएका छन् । साथै क्याबिन क्रुको सेवा अवधिसमेत नवीकरण भएको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले बिहीबार प्रभावित उडानका यात्रुलाई सकेसम्म आजै गन्तब्यमा पुर्‍याइने बताइन् । बिहीबार साउदी अरेवियाको रियाद, भारतको नयाँ दिल्ली र बैङ्लोरमा उडान तोकिएको थियो । यी उडानबाट सम्बन्धित गन्तव्यमा जाने र त्यहाँबाट नेपाल फर्कने यात्रुको संख्या करीव ९ सय हाराहारी रहेको खड्काले बताइन् ।

निगमको विमानस्थल काउण्टरमा खटिने कर्मचारीहरुका अनुसार बुधबार पनि दुईवटा उडान डिले भएको थियो । बिहीबार पनि सयौं यात्रुले निर्धारित समयमा उड्न पाएनन् । समयमा गन्तब्यमा नपुग्दा यात्रुको ट्रान्जिट उडान छुट्नेदेखि यात्राको तालिका नै प्रभावित हुने गर्छ । बिहीबार निगमको आन्तरिकतर्फ पनि ५ वटा उडानहरु प्रभावित भए । ताप्लेजुङमा दुई र फाप्लु, दाङ तथा भोजपुरमा निर्धारित एक उडान बिहीबार रद्द हुन पुगेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस १, २०७९ 0९:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid