July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

चितवनमा जित एमालेको हुन्छ: भट्टराई

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:२९
चितवनमा जित एमालेको हुन्छ: भट्टराई

चितवन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा बहुसंख्यक जनताले एमालेको पक्षमा मत जाहेर गर्ने विश्वास व्यक्त गरेका छन् ।

भरतपुर–१२मा पार्टीका स्थानीय कार्यकर्ताले शनिबार गरेको चुनावी घरदैलोमा सहभागी हुँदै सचिव भट्टराईले नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको दाबी गरे ।

‘यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु’ कार्यकर्ता माझ भट्टराईले भने ।

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै आफ्नो चरित्र देखाएको उनको भनाइ छ । ‘के–के भन्थे, के–के गरे, सबैले थाहा पाइसक्नुभयो अब भ्रमको पर्दा उध्रिसकेको छ’ भट्टराईले भने।

मतदाताको चाहाना बमोजिम युवा र परिपक्व उम्मेदवारका रुपमा पार्टीले रामप्रसाद न्यौपानेलाई अघि सारेको उनले उल्लेख गरे । ‘रामजी यहाँको विकासमा योगदान गर्न सक्ने र जनताको गुनासो सुन्न सक्ने स्थानीय सक्षम युवा हुनुहुन्छ, अहिलेको पुस्ताको भावना बुझ्न सक्ने पार्टीको जिल्ला अध्यक्ष पनि हो’ भट्टराईले भने ।

समृद्ध नेपाल निर्माण गर्ने ठोस कार्ययोजना सहित एमाले अघि बढेको बताउँदै उनले अन्य पार्टीका गतिविधि र कार्यशैलीका कारण जनतामा निराशा छाएको उहाँको दाबी छ ।

जनचाहना अनुरुप समृद्धिको अभियान अघि बढाउन मुलुकको नेतृत्व एमाले पार्टीबाट मात्रै सम्भव रहेको उनले बताए । भरतपुर–१२ एमाले वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्यौपानेको अगुवाइमा पोखरेली टोल, आनन्द टोल, प्रेरणा टोल क्षेत्रमा चुनावी घरदैलो गरिएको थियो । कमिटीले वडाका विभिन्न टोलमा तालिका बनाएर दिनहुँ घरदैलो गरिरहेको सचिव शोभा पण्डितले जानकारी दिइन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० ११:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्