October 3, 2023 | मङ्लबार, अशोज १६, २०८०
सुचनाहरु
हनुमन्ते खोला किनारमा नवजात शिशु मृत फेला विदेश जाने विद्यार्थीलाई रोक्न सकिन्छ : शिक्षामन्त्री आजको राशिफल : वि.सं. २०८० असोज १७ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य बझाङमा घर नै भत्किनेगरी गयो भूकम्प पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट सरकार हरायो, प्रमुख नभएको सरकार : ओली सार्वजनिक शौचालय नियमित र व्यवस्थित सञ्चालनमा महानगरपालिकाले सहयोग गर्ने भ्रष्टाचारको फाइल खोल्छु भनेर सरकारले गफ मात्र गर्यो : ओली शेयर बजार साढे १७ अङ्कले घट्यो, १ अर्ब १९ करोड रुपैयाँको कारोबार परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति भूकम्पले तलकोटमा क्षति : पालिका कार्यालयकै जमिन चिरा पर्‍यो, वडा कार्यालय ध्वस्त नेपालगञ्जमा कर्फ्यू उलङघन गर्दै प्रदर्शन जारी पश्चिम नेपालमा भूकम्पको धक्का महसुस नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न राप्रपा सांसदकाे अपिल जनयुद्ध दिवसको बिदा फिर्ता नलिए त्यसबिरुद्द कदम चाल्ने ओलीको चेतावनी स्थानीय तहका कर्मचारीद्वारा आन्दोलन जारी फागुन १ को बिदा फिर्ता लिन प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वाधिक संख्यामा उडान इन्जिनियरिङ स्नातक तहको शुल्क नबढाउने सहमति कोशी प्रदेशसभाको बैठक भोलि बस्ने

प्रदेश-१ को शपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषामा शपथ लिने

  • साझा परिवेश
  • आइतवार, पुस १०, २०७९ २0:४५
प्रदेश-१ को शपथ ग्रहण भोलि, ५ सांसदले मातृभाषामा शपथ लिने

प्रदेश-१ का पाँच जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् ।

प्रदेश १ का प्रदेशसभा सदस्यहरुले सोमबार दिउँसो साढे १ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । ९३ मध्ये पाँच जना प्रदेशसभा सदस्यले आफ्नो मातृभाषामा शपथ ग्रहण गर्ने भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार पाँचथर १ (१) बाट दोस्रो पटक निर्वाचित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, इलाम १ (१) बाट निर्वाचित खिनु लङ्वा लिम्बु, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ १(२) बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले याक्थुङ(लिम्बू) भाषामा शपथ लिनेछन् ।

प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई तीन दिन अगाडि नै विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । जसमा पाँच जनाले मातृभाषामा शपथग्रहण गर्ने जानकारी गराएका थिए ।

प्रदेश प्रमुख पर्शुराम खापुङले ज्येष्ठ सदस्य गयानन्द मण्डललाई सोमबार दिउँसो साढे १२ बजे शपथग्रहण गराउनेछन् ।

मण्डलले साढे १ बजे प्रदेशसभा भवनमा अन्य सदस्यलाई शपथ गराउनेछन् । शपथग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, पुस १०, २०७९ २0:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट