काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्दै छ ।
सोमबार र मंगलबार (आज र भोलि) दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन् ।जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने बताए ।