April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान 

डीजिटल हस्ताक्षर प्रयोग गरेर मेरो हस्ताक्षरको दुरुपयोग गरियो : चित्रबहादुर केसी

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:४३
डीजिटल हस्ताक्षर प्रयोग गरेर मेरो हस्ताक्षरको दुरुपयोग गरियो : चित्रबहादुर केसी

काठमाडौं 

सरकारको न्युनतम साझा कार्यक्रममा सत्ता साझेदार दलहरूले असहमति जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा आपत्ती जनाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरूद्ध नरम देखिएको आरोप लगाएको छ।
पार्टी प्रवक्ता मुकुल ढकालले यसअघि सरकारले ल्याएको न्युनतम कार्यक्रममा गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने,डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने,डाटा सर्भरमा आत्मनिर्भर बन्ने,राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्नेलगायत विविध महत्त्वपूर्ण विषय हटाएको बताए।

प्रवक्ता ढकालले भने,‘बलात्कारजन्य घटनाको छिटो छिनोफानो,बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्नेलगायत विविध महत्त्वपूर्ण विषय हटाइएका छन् । यसमा हाम्रो सहमति छैन । ’

ढकालले सरकारको नीति कार्यक्रम अमूर्त, स्पष्ट लक्ष्यविहीन र आलटाले रहेको प्रतिक्रिया दिए।

यस्तै,राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको नीति तथा कार्यक्रममा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताए । केसीले भने,‘सरकारको न्युनतम कार्यक्रममा मैले हस्ताक्षर गरेकै छैन । डीजिटल हस्ताक्षर प्रयोग गरेर मेरो हस्ताक्षरको दुरुपयोग गरियो । दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता,संक्रमणकालीन न्याय तथा नागरिकतालगायतका विषयमा हाम्रो पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेद छन् ।’

केसीले संघीयता,मानव अधिकारको गम्भीर उल्लंघनकर्तालाई सजायको दायरामा ल्याउन संक्रमणकालिन न्यायसँग सम्बन्धित ऐनलाई परिमार्जन गर्नुपर्ने बताए। उनले नागरिकता विधेयकमा भएका राष्ट्रघाती प्रावधानका विरुद्ध आफूहरुले लगातार लामो समयदेखि संघर्ष गर्दै आएका बताए ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र २४, २०७९ १३:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट