काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपालले पनि भेटेका थिए त्यसलगत्तै सत्ता गठबन्धनको बैठक सुरु भएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादप बैठकमा सहभागी छन्। प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारलाई समर्थनसहित एमाले र रास्वपाले मन्त्रीसमेत पठाएका छन् । तर जसपा र राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्री पठाएका छैनन् । प्रचण्ड नेतृत्वको सरकारले आगामी पुस २६ गते विश्वासको मत लिने तयारी गरेको छ । यो विषयमा आजको बैठकमा छलफल हुने स्रोतले बताइएको छ । साथै, नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा ल्याउनेबारे छलफल हुने स्रोतले बताइएको छ ।