April 1, 2023 | शनिबार, चैत्र १८, २०७९
सुचनाहरु
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित रजनीकान्तको ‘बाबा’ फ्लप भएसँगै साउथ फिल्ममा मेरो करिअर सकियो ः मनिषा कोइराला भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा मापदण्ड विपरीत अस्पताल सञ्चालन : हेटौंडा आज देशका यी ठाउँमा पानी पर्ने सम्भावना १५ दिन नपुग्दै उप्कियो कालोपत्रे : कैलाली प्रधानमन्त्री प्रचण्डसमक्ष भक्कानिए मिटरब्याज पीडित :बालुवाटार जनकपुरको घटनाबारे अफवाह फैलाउँदै मुस्लिम आयोग नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बन्ने पक्का पद तथा गोपनीयताको शपथ लिए नवनियुक्त मन्त्रीहरूले इटहरीमा एक युवकमाथि छुरा प्रहार तीन महिनामा धेरै काम भएका छन् तर केहि बेथिति रोकिएको छ : प्रधानमन्त्री १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही श्रम स्वीकृतिको आवेदन वैशाख १ देखि दिन मिल्ने आपराधिक अभियोगमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड, प्रहरीको गाडी पनि फोडियो नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जितालाई मन्त्री बनाउने

विर्तामोड वाणिज्य संघका अध्यक्ष शिवाकोटीले युवतीमाथि अशोभनीय हर्कत गरेपछि….

  • साझा परिवेश
  • बुधबार, पुस २७, २०७९ १७:५४
विर्तामोड वाणिज्य संघका अध्यक्ष शिवाकोटीले युवतीमाथि अशोभनीय हर्कत गरेपछि….

काठमाडौं । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर युवती माथि अशोभनीय व्यवहार देखाएका आरोप लागेको छ ।
खेलकुद विकास बोर्ड प्रदेश १ का उपाध्यक्ष जिनाजंग कार्कीले आफूमाथि अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार देखाएको भन्दै फेसबुक मार्फत स्टार्टस सार्वजनिक गरेकी हुन ।
हामी सँगको कुराकानीमा उनले आफुमाथि जुन हर्कत गर्नुभयो त्यसको चिरफार गर्ने बताइन् । उनले हिजो साझ फेसबुकमा लेखेकी छन्,‘आज विराटनगरमा आयोजित एक कार्यक्रम सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ। सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाँउमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ। मर्यादामा बस्न र आफ्नो बानी व्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु। नत्र कानुनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु।’ भनेर लेखेकि थिइन् ।
बुधवार साँझ ६ बजेतिर विराटनगरस्थित होटल रत्नमा रोटरीको कार्यक्रम सकेर कार्की आफ्नो स्कुटी पर्खिरहेको बेला अचानक अध्यक्ष शिवाकोटीले कार्कीलाई अंगालो हालेको उनले बताइन यति मात्रै होइन कार्कीले हिड्नुहोस म लगिदिन्छु भनेको उनले बताएकी छिन् ।
कार्कीले भनिन्,‘मेरो साथीलाई अंगालो हाल्न खोज्नुभयो, साथी तर्किएपछि मलाई अंगालो हाल्नुभयो। मैले उहाँलाई चिन्दिनँ। शिवाकोटीले आफुमाथि देखाएको हर्कतले सीमा नाघेकोे बताइन्। ‘अत्याधिक मादकपदार्थ सेवन गरेर उहाँले त्यो हर्कत आफुहरु माथि देखाउँनु भएको कारण आफुले सामाजीक संजालमा लेखेको प्रतिकृया दिइन् । कार्की भन्छिन्, ‘मान्छेहरुले किन कुटाइ खान्छन् भनेको यस्तै व्यवहारले रहेछ।’
फेसबुकमा सार्वजनिक गरेपछि उनलाई स्टाटस हटाउन दबाब आएको बताइन्। तर आफु कानुनी रुपमा अघि बढने चेतावनी दिइन् । स्टाटस हटाउन पटक पटक दबाब आएको उनले बताइन् ।
गल्ती गरेपछि आफै स्वीकार्नुका साटो कार्कीले मान्छे लगाएर आफुलाइ दवाव दिनु गलत भएको उनको आरोप छ । उनले ज्यान गएपनि स्टाटस डिलिट नगर्ने बताइन् । म क्लिन मान्छु हुँ, गलतविरुद्ध बोल्छु,’ उनले भनिन्। आफूमाथि भएको घटनाबारे प्रहरीलाई समेत जानकारी दिएको कार्कीले बताइन्।
इस बिषयमा अध्यक्ष कार्की सँग हामीले पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइल अफ भएको बताएको छ ।

  • साझा परिवेश
  • बुधबार, पुस २७, २०७९ १७:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट