काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।