May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २0:४१
आर्थिक संकट सुधारको बाटोमा गएको छ : प्रधानमन्त्री प्रचण्ड

बुधबार साँझ काठमडौंमा पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै यस्तो बताउनुभएको हो।

‘‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ। समष्टिगत आर्थिक परिसूचक सकारात्मक छन्। विदेशी मुद्राको सञ्चिति उत्साहजनक छ। अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो। प्रधानमन्त्रीले तेस्रो कार्यकालको अन्तिमसम्म दोस्रो कार्यकालको भन्दा राम्रो नतिजा देखिने बताउनुभएको हो।

लोकार्पणमा प्रधानमन्त्रीले भन्नुभयो, ‘‘जतिबेला म दोस्रोपटक प्रधानमन्त्री थिएँ। त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो। संविधानप्रति विभिन्न बिमति र असन्तुष्टिहरू थिए। मधेश आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन। संघीय ढाँचाको टुंगो लगाउन बाँकी नै थियो। तर, निकै मेहेनत गरियो, परिणाम पनि राम्रो आयो।’’

उहाँले थप्नुभयो, ‘‘संघीयताको सफल अभ्यास गरियो। स्थानीय तहदेखि केन्द्रसम्मका चुनाव भए। आन्दोलनरत दल पनि सहमतिको प्रक्रियामा आए। अर्थतन्त्रमा राम्रो सुधार आयो। ७.५ अंकको आर्थिक वृद्धिदर हासिल गरियो, लोडसेडिङको अन्त्य भयो। ठूला आयोजनाहरूमा भौतिक र वित्तीय प्रगति पनि राम्रो भयो। यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको छ।’’

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मधेश आन्दोलनमा भएको, संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो। उहाँ एकदम इमानदार र प्रतिवद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन। तर, उहाँले गराउनुभयो। पुस्तकमा उहाँले जे–जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरू इमानदारिता छ।’’

लोकार्पण कार्यक्रममा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव, लेखक डा. यादव लगायतका वक्ताले पुस्तकका विविध पक्षमाथि चर्चा गर्नुभयो।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० २0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।