April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

घरबार नभएका उमेदवारको खर्च पार्टीले बेहोर्छ : गगन थापा

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १७:0८
घरबार नभएका उमेदवारको खर्च पार्टीले बेहोर्छ : गगन थापा
  • उमेदवार बनाउने परिपाटी बदल्नुपर्ने
  • सदस्यको टिकट दिने अवस्थाको अन्त्य गर्नुपर्ने
  • घरबार नभएकाले पनि चुनावमा लड्ने अवस्था निर्माण गरिने

काठमाडौं ।।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा उमेदवार बनाउने परिपाटी बदल्नुपर्ने बताएका छन् । नवलपुर जिल्ला सम्मेलनमा उनले उमेदवार जुन तहको निर्वाचन हो सोही क्षेत्रका सदस्यले छान्न पाउनुपर्ने बताए । माथिका नेताहरूले वडा सदस्यको टिकट दिने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ । थापाले चुनावमा उमेदवारको खर्च पार्टीले बेहोर्नुपर्ने बताए । घरबार नभएकाले पनि चुनावमा लड्ने अवस्था निर्माण गरिने उनको भनाइ छ ।

“यति कुरा बदलौं । तपाईंले उमेदवार छानेपछि अब चुनावको खर्च सिंगो पार्टीले बेहोर्छ । उमेदवारले एक रुपैयाँ खर्च गर्नुपर्दैन । त्यसो गरेपछि अब हुनेखाने मात्रै होइन । घरबार नभएको मान्छे पनि कांग्रेसबाट उमेदवार बन्न सक्दछ,” उनी भन्छन्, “यो पार्टी सबैको पार्टी हो नि । कमजोर पार्टीको मान्छेले पनि उमेदवार बन्न पाउनुपर्‍यो नि ।” निर्वाचन भनेपछि दुईहात पछि सर्ने अवस्था आएको थापाले बताए । त्यसबारे अबको महासमितिमा छलफल गर्ने र ०८२ को महाधिवेशनबाट पार्टी बदल्ने उनको भनाइ छ । पार्टीको नेताले अब अभिभावक बनेर बस्नुपर्ने र पार्टीको भारी थाम्न तयार रहेको पनि बताए ।

  • साझा परिवेश
  • सोमवार, मंसिर ११, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।